मङ्सिर ८, भोजपुर । लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको महसुस भएको छ । 

घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ८, भोजपुर । लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको महसुस भएको छ । 

घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किए"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

जोखिममा भोजपुर सदरमुकाम

८ मंसिर २०७३, बुधबार ०६:१५


मङ्सिर ८, भोजपुर । लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको महसुस भएको छ । 

घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किएका अनि पुराना र छियाछिया भएका छन् । अधिकांश कच्ची घर भएको भोजपुर सदरमुकाम भूकम्पले थिलथिलो र आगलागीले ध्वस्त भएपछि सदरमुकाम नै जोखिममा परेको हो । 

उत्तरमा पानीट्याङ्की, दक्षिणमा विद्योदय मावि, पूर्वमा पोखरे र पश्चिममा कोदार र देउरालीबाट सुरु हुने भोजपुर सदरमुकाम डाँडामा लमतन्न रहेको छ । थोरै मात्रामा घर ध्वस्त भए पनि अधिकांश घर बस्न नमिल्ने छन् । बजारको मुख्य ठाउँमै पर्ने भोटेपसलमै आगलागीले घर ध्वस्त भएपछि बजार नै कुरुप देखिएको छ । 

भोजपुरबजार चर्चित र पुरानो भएपनि यहाँ औँलामा गन्न सकिने सीमित घर मात्र पक्की बनेका छन् । सदरमुकाममा कच्ची र पुराना घरको बाहुल्यता हुँदा धेरै मात्रामा क्षति पुगेको हो । 

वरिपरि र चारैतिर रहेका घर आगलागी हुँदा सदरमुकाम दिनानुदिन जोखिममा पर्दै जान थालेको छ । दुईतिर घर हुँदा साँघुरो बाटो रहेको भोजपुरमा हिँड्डुल गर्नमा नै समस्या हुन थालेको छ । 

यही ठाउँ हुँदै दिनहुँ बटुवा तथा सयौँ विद्यार्थी ओहोरदोहोर गर्ने गर्दछन् । जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङ्कमा आइतबार भएको भीषण आगलागीबाट आठ घर जलेर नष्ट भएको छ भने पाँच घरमा आंशिक क्षति पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल