२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरबासका लागि मुआब्जा होइन, जग्गा देउः आरक्ष विस्थापित

८ मंसिर २०७३, बुधबार ०९:५१

मङ्सिर ८, भीमदत्तनगर । कञ्चनपुरस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापित भएका स्थानीयवासीले मुआब्जा दिएर समस्या समाधान गर्नुभन्दा घरबासका लागि जग्गा नै उपलब्ध गराइदिन हुन माग गरेका छन् । 

आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित बनेकालाई ‘शुक्लाफाँट वन्यजन्तु आरक्ष जग्गा अतिक्रमण र मुआब्जा गराउने सम्बन्धी कार्यदल’ ले विस्थापितलाई एक कठ्ठादेखि पाँच कठ्ठा जग्गा वा रु पाँच लाखसम्म मुआब्जा दिने प्रस्ताव ल्याएपछि विस्थापितले जग्गा नै माग गरेका हुन । 

केही दिनअघि कञ्चनपुर आएका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित पनि उनीहरुले जग्गा उपलब्ध गराइदिन माग गरेका थिए । विस्थापितहरुले जग्गाका साथै मुआब्जा रकम थोरै भएको प्रति असहमति जनाएका छन् । 

२०७१ सालमा गठित शुक्लाफाँट समस्या समाधान आयोगले विस्थापित दुई हजार ४७३ परिवारमध्ये एकहजार ४८० परिवारलाई खाली रहेको जग्गा वितरण गर्ने र जग्गा उपलब्ध हुने सम्भावना नभएका विस्थापितलाई आर्थिक राहत स्वरुप रु पाँच÷पाँच लाख दिने निर्णय गरेको थियो । 

सोही निर्णयबारे असहमति जनाउँदै आरक्ष विस्थापित, राजनीतिक दल र स्थानीयवासीले संयुक्त रुपमा कार्यदल संयोजक रहेका सुदूरपश्चिम क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले समक्ष उक्त निर्णय मान्य नहुने बताएका छन् । 

आरक्ष पीडितका समस्या समाधानका लागि सरकारले पटक पटक आरक्ष पीडित समस्या समाधान आयोग गठन गरिसक्दा पनि आफूहरुको समस्या समाधान नभएको भन्दै पीडितले आक्रोश समेत पोखेका छन् । यसअघिको आयोगले आरक्ष विस्थापित दुई हजार ४७३ परिवारलाई परिचयपत्र वितरण गरेको थियो । राजनीतिक ढङ्गले बनेका आयोगले समस्या समाधानका साटो बल्झाउने काम गरेको भन्दै अन्ततः न्यायिक आयोगमार्फत समस्या समाधान गर्न खोजिएको हो । 

आरक्ष विस्थापित हीरा सार्कीले पीडितलाई जग्गा नै उपलब्ध गराउन सरकारसित माग गर्नुभयो । ‘जग्गाको बदला जग्गा नै चाहियो भनेर आन्दोलन गरेको डेढदशक बितिसक्यो,’ सार्कीले भन्नुभयो–“यतिका वर्षसम्म त्रिपालमुनी कष्टकर जीवन गुजा¥यौं ।” 

“यसअघि पनि रु आठ लाख प्रतिपरिवार दिने खालको कुरो आएको थियो, अहिले झन रु पाँच लाखको कुरो सुनिदैछ ।” आरक्ष विस्थापित शिवदत्त भट्टले भन्नुभयो–“हामी किसानी गरेर खाने अवस्थाका नागरिक हौं, हामीलाई जग्गा नै चाहिन्छ ।” लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापितले जग्गा दिएर समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । 

आरक्ष विस्थापित लामो समयदेखि शुक्लाफाँट आरक्षको ढक्का, तारापुरलगायतका क्षेत्रमा टहरा बनाएर आश्रय लिँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य