काँडाबासीको आन्दोलनले उग्ररुप लिँदै

Posted on: 23 Nov, 2016

सम्राट सिंह/मङ्सिर ८, बझाङ । छुट्टै गाउँपालिकाको माग राख्दै हिजोबाट सङघर्ष शुरु गरेका काँडाबासीको आन्दोलनले उग्ररुप लिन थालेको छ । 

आफुहरुले स्थानिय निकाय पुर्नसंरचना समिति र राजनितिक दलसँग छुट्टै गाउँपालिका बनाउनु पर्ने आग्रह गर्दा समेत सम्बन्धीत निकायहरुले आफुहरुको माग सम्बोधन नगरेकाले  काँडाबासीहरुले आन्दोलनका चरणहरु अगाडी सारेका हुन ।

जिल्लाको आधाभन्दा बढी भूगोल ओगटेको काँडा गाविसलाई भूगोलको आधारमा छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीले पटक पटक स्थानिय पुर्नः संरचना समितिसँग माग गर्दै आएका छन ।

काँडा गाविस भौगोलिक हिसावले बझाङ जिल्लाकै सबैभन्दा बिकट गाविस भएकोले गाउँपालिका पुर्नसंरचना आयोगले पठाएको नयाँ खाका आफुहरुका लागी अमान्य भएको काँडाका मान बहादुर बोहोराले बताउनुभयो । 

आफुहरुका माग प्रति सम्बन्धीत पक्षले आनाकानी गरेमा जिल्ला स्थित सरकारी कार्यालयमा तालाबन्दी गर्ने, जिल्ला प्रशासन कार्यालय बझाङलाई आफुहरुले प्राप्त गरेको नेपाली नागरीताको प्रमाण पत्र फिर्ता बुझाउने लगायतका अन्य आन्दोलनका कार्यक्रम गर्ने उनको भनाइ छ । 

काँडा गाविसबासीको मागका लागी समितिको बैठक बसी छलफल भइरहेको स्थानिय पुर्नः संरचना समितिका अध्यक्ष स्थानिय विकास अधिकारी प्रमोद सिमखडाले जानकारी दिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!