कविता उपाध्याय/मङ्सिर ८, रोल्पा । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन् । 

खुमेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/मङ्सिर ८, रोल्पा । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन् । 

खुमेल"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

थुनामा रहेकी महिलाले बन्दीगृहमै छोरी जन्माइन्

२०७३, ८ मंसिर बुधबार १५:३४

कविता उपाध्याय/मङ्सिर ८, रोल्पा । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन् । 

खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा आफैँले जन्माएको सात वर्षीया छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा छिन् । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनको बच्चाको अवस्था सामान्य रहेको छ । 

कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भन्नुभयो “हामीले सुत्केरीलाई १० मीटर कोरा कपडा, यौटा साधा साडी, सुत्केरी अवधिभरका लागि रु एक हजार, प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानोलगायतका खाद्यान्न दिएका छौं । यसबाहेक जाडोका कपडाहरु तथा अन्य सामाग्रीहरु कसैले उपलब्ध गराए बच्चा र आमा दुवैलाई थप सहयोग मिल्ने थियो ।” 

सहायक प्रहरी निरीक्षक रावतका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ भने शारीरिक अवस्था पनि निकै कमजोर देखिएको छ । उनी जेल परेदेखि अहिलेसम्म घर परिवार उनलाई भेट्न आएका छैनन् । उनको घरमा पति गोपाल बुढाथोकी, तीन वर्षीय छोरासमेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा