ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्ने एक कार्यक्रमका सहभ

२०७३, ८ मंसिर बुधबार १६:५०

ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा आयोजित ‘कानुनी सहायता सम्बन्धि जिल्ला स्तरीय सरोकारवालाहरु सँगको १ दिने अन्र्तक्रिया’ कार्यक्रमका सहभागिहरुले कानुनी सहायता केन्द्रबाट नागरिकले धेरै कुराको अपेक्षा गरेकाले सोहि ढंगले कार्य सम्पादनमा तदारुकता देखाउनुपर्ने बताएका थिए । कार्यक्रममा सरोकारवाला निकायहरुसँग अन्र्तक्रिया समेत गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमूख जिल्ला अधिकारी उदय वहादुर सिंहले महिलामाथि हुने सबै प्रकारका हिंसापीडितहरुलाई उचित प्रकारको न्याय र दोषीलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताएका छन ।

    समाजमा मौलाइरहेका अपराधका घटनाहरु र घरेलु हिसांलाई कम गर्न बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत थाल्नुपर्ने उनले बताएका छन । यस्तै जिल्ला न्यायाधिवक्ता बद्री प्रसाद नेपालले कानुनी सहायता केन्द्र विशेष गरी असहाय, पिडित र दलितहरुका लागि लागु गरिएको बताएका थिए । असहाय, पिडित र दलितहरुलाई छिटो छरितो न्याय दिँदा सहायता केन्द्रप्रतिको विश्वास बढ्ने बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिश देव कुमार गिरीले मुद्धामा दुवै पक्षलाई राखेर हेरिनु पर्ने, विभिन्न संघ–संस्थामा आबद्ध सबै कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट दायित्व पुरा गर्नुपर्ने सुझाएका थिए । कार्यक्रममा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतका सम्बन्धित निकायका प्रमूख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच बुधबारै सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले एक शिविरको आयोजना गरी डडेल्धुरा कारागारमा रहेका कैदीहरुलाई कानुनी सहायता प्रदान गरेको छ ।

    कानुनी शिक्षा नपाई लामो समय सम्म कैदी बन्दी भएकाहरुलाई कानुनी प्रक्रिया बारे जानकारी गराउने र कैदीहरुको अबस्थाको बारेमा जानकारी लिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक जिल्ला कानुनी सहायता केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा कारागारमा रहेका ३९ जनाहरुको अबस्था बारे समेत जानकारी लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला