ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्ने एक कार्यक्रमका सहभ

८ मंसिर २०७३, बुधबार १६:५०

ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा आयोजित ‘कानुनी सहायता सम्बन्धि जिल्ला स्तरीय सरोकारवालाहरु सँगको १ दिने अन्र्तक्रिया’ कार्यक्रमका सहभागिहरुले कानुनी सहायता केन्द्रबाट नागरिकले धेरै कुराको अपेक्षा गरेकाले सोहि ढंगले कार्य सम्पादनमा तदारुकता देखाउनुपर्ने बताएका थिए । कार्यक्रममा सरोकारवाला निकायहरुसँग अन्र्तक्रिया समेत गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमूख जिल्ला अधिकारी उदय वहादुर सिंहले महिलामाथि हुने सबै प्रकारका हिंसापीडितहरुलाई उचित प्रकारको न्याय र दोषीलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताएका छन ।

    समाजमा मौलाइरहेका अपराधका घटनाहरु र घरेलु हिसांलाई कम गर्न बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत थाल्नुपर्ने उनले बताएका छन । यस्तै जिल्ला न्यायाधिवक्ता बद्री प्रसाद नेपालले कानुनी सहायता केन्द्र विशेष गरी असहाय, पिडित र दलितहरुका लागि लागु गरिएको बताएका थिए । असहाय, पिडित र दलितहरुलाई छिटो छरितो न्याय दिँदा सहायता केन्द्रप्रतिको विश्वास बढ्ने बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिश देव कुमार गिरीले मुद्धामा दुवै पक्षलाई राखेर हेरिनु पर्ने, विभिन्न संघ–संस्थामा आबद्ध सबै कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट दायित्व पुरा गर्नुपर्ने सुझाएका थिए । कार्यक्रममा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतका सम्बन्धित निकायका प्रमूख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच बुधबारै सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले एक शिविरको आयोजना गरी डडेल्धुरा कारागारमा रहेका कैदीहरुलाई कानुनी सहायता प्रदान गरेको छ ।

    कानुनी शिक्षा नपाई लामो समय सम्म कैदी बन्दी भएकाहरुलाई कानुनी प्रक्रिया बारे जानकारी गराउने र कैदीहरुको अबस्थाको बारेमा जानकारी लिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक जिल्ला कानुनी सहायता केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा कारागारमा रहेका ३९ जनाहरुको अबस्था बारे समेत जानकारी लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो