२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा कृषिले मत्स्य, तरकारी र विउसम्ममा अनुदान दिने

२०७३, ९ मंसिर बिहीबार ०२:३४

खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । कृषि क्षेत्रमा काम गर्नेका लागि सरकारले विभिन्न सहुलियतहरु ल्याएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।  

किसानहरुका लागि कार्तिक १० मा गोरखापत्रमा १ महिनाको म्याद राखि मत्स विकास निर्देशनालयको सूचना प्रकाशन भए जस्तै गरि जिल्ला कृषि विकास कार्यालयले पनि सूचनाहरु प्रकाशन गरेको छ । 

कृषि विभाग अन्तरगत मत्स्य विकास निर्देशनालयले १ महिनाको म्याद राखि निकालेको सूचनामा मत्स्य पालनका लागि पोखरी निर्माण, एक हेक्टर जलाशयको नर्सरी निर्माण र कार्प ह्याचरी निर्माण तथा व्यवस्थापनको लागि इच्छुक नेपाली नागरिकका लागि दरखास्तको आव्हान गरेको छ । 

कृषि तथा खाद्य सुरक्षा आयोजना लागु भएका काप्रेचौर, माझकाँडा, काल्चे, घाँजरीपिपल, सिद्धेश्वरी, त्रिवेणी, चाँदे, कोर्वाङ्ग झिम्पे, शिवरथ, ढाकाडाममा विउ प्रसोधन र भण्डारणको लागि इच्छुक सहकारी वा समूहलाई बढिमा २० लाख प्रदान गरिनेछ । 

त्यस्तै सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना तर्फको एकिकृत जल व्यवस्थापन कार्यक्रम अन्तरगत कार्यक्रम संचालनमा रहेका उपआयोजनाका लागि तरकारी खेति, च्याउखेती, मौरी पालन तथा माछापालनका लागि दखास्त माग गरेको छ । 

खलंगाको पधेरी पलेशी, देवस्थलको मानटुरा, कोर्वाङ्ग झिम्पेको दारिमज्यूला, छायाक्षेत्रको भुमेश्वरज्यूला, डाँडागाउको स्यालपानी र स्यानिखालको रेशमज्यूला उपआयोजनामा यो कार्यक्रम लागु गरिनेछ । यसमा १८ देखि ५० बर्ष उमेरका वैदेशिक अनुभव प्राप्त गरेका यूवाहरुले प्रस्ताव पेश गर्न सक्नेछन । 

किसानका लागि उन्नत विउविजन कार्यक्रम अन्तरगत तरकारी एवं खाद्यन्नको वालीको गुणस्तरिय वीउ उत्पादन प्रवद्र्धन गर्न साना अनुदान प्रस्तावना आव्हानको गरिएको छ । यसमा कृषक समूह तथा सहकारी संस्थाले प्रस्तावना पेश गर्न सक्नेछन । 

आवश्यक अन्य जानकारीका लागि नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्न कार्यालयले सम्बन्धीत कृषकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा