प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाए"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातौं बृहत् पुस्तक प्रदर्शनीमा बिक्रि मध्यम

९ मंसिर २०७३, बिहीबार ०५:४८


प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाएका छन् । 

पुस्तक प्रदर्शनीमा आउने मानिसको संख्या कम भएकाले नै अघिल्ला मेलाहरूको तुलनामा कम व्यापार भएको साङ्ग्रिला पुस्तक पसलले जनाएको छ । 

पिरामिड प्रकाशनका विनीता प्रसाईंले भन्नुभयो-"उपस्थितिका आधारमा हेर्दा विक्रि नभएको होईन भईरहेको छ तर खासै भीड लागेको छैन।" प्रदर्शनीमा  कुटनीति र राजनीति, चिरहरण, ऐना, लिखे र तपन जस्ता पुस्तक बढि पाठकको रोजाईमा परेको साङ्ग्रिला बुक्सले जनाएको छ । 


मंसिर ३ गते देखि १२ गते सम्मका लागि आयोजना गरिएको सो प्रदर्शनीमा फिक्सन, नन–फिक्सन सबै पुस्तकहरू विशेष छुटमा राखिएका छन् । प्रदर्शनीमा यसपटक एक सयभन्दा बढी प्रकाशन गृहका करिब पाँच हजार शीर्षकका पुस्तक रहेको बताइएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सहभागितामा रिड एण्ड ग्रो रिच” र डिकुरा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको हो । यस्तै मंसीर ११ गते शनिबार दिउँसो डिकुरा पब्लिकेसनबाट प्रकाशित यादव खरेल, पुण्यप्रसाद प्रसाई, डब्बु क्षेत्री, पुण्य कार्की, विनिता पौडेल, सागरमणि खुलाल, गणेश नेपाली सहितका लेखकका १२ वटा कृतिको लोकार्पण हुने डिकुराका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले जानकारी दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता