मंसिर ९, पाल्पा | अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ९, पाल्पा | अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गर"/>
२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अन्तर्जातीय विवाह गरेकी महिला तीन महिनादेखि बेपत्ता

२०७३, ९ मंसिर बिहीबार ०९:२६

मंसिर ९, पाल्पा | अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ ।

माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय विवाह भएको थियो ।

बिन्दुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको बताए। अन्तिमपटक सोमबार गाउँमा भएको छलफलपछि ज्वाइँ दीपेन्द्र नै सम्पर्कविहीन भएकाले प्रहरीमा निवेदन दिएको उनले बताए। दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन् ।

माइती पक्षले बिन्दुको हत्या भएको हुन सक्ने आशङ्का गरेर खोजीका लागि प्रहरीसमक्ष निवेदन दिएकाले प्रहरी उपरीक्षक हरिराज वाग्लेले निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए।।रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा