राम नारायण पंडित/मङ्सिर ९, सिरहा । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/मङ्सिर ९, सिरहा । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

“स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताह सम्पन्न

२०७३, ९ मंसिर बिहीबार ११:२२


राम नारायण पंडित/मङ्सिर ९, सिरहा । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

सप्ताहिक सरसफाइ कार्यक्रम अन्र्तगत आज (विहिवार) उद्योग बाणिज्य संघ मिर्चैया र मिर्चैया नगरपालिकाको सहकार्यमा मिर्चैयाको थाना चौकदेखि कटारी चौकसम्म सरसफाइ गरिएको छ । सम्पुर्ण मिर्चैयाबासीहरुलाई दिनको कम्तिमा १० मिनेट समय सरसफाई तथा फोहोरमैला ब्यबस्थापनमा दिई “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” अभियानलाई सफल पार्न मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आग्रह गरेका हुन् ।


प्रत्येक बिहिबार सम्पुर्ण मिर्चैयाबासीहरु एकजुट भई सरसफाई तथा फोहोरमैला ब्यबस्थापन गरे एक बर्ष भित्र मिर्चैया नगरपालिकालाई स्वच्छ र सफा बनाउन सकिने मिर्चैया उद्योग बाणिज्य संघका अध्यक्ष हरीशंकर साहले बताए ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका, उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्पको  साथै ब्यापारी, स्थानियबासी, बुद्धिजिबि, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको मिर्चैया नगरपालिकाका खरिदार राजगिर यादबले बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा