गोपिकृष्ण चापागाई /मंसिर ९, नवलपरासी । नवलपरासीको नवलपुर क्षेत्रमा आज पनि १ घण्टा पुर्णरुपमा पुर्वपश्चिम राजमार्ग बन्द भयो । बन्दमा एउा जन्ती बस समेत तोडफोड गरीएको छ । बन्दमा ना ३ ख ४१३८ नम्बरको बिवाहको बस तोडफोड भएको हो । नारायणगढबाट बुटवलको लागि बिवाहमा जाँदै गरेको बसलाई बन्दकर्ता बिद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
बिभिन्न दलको माग पुरा गर्ने भन्दै संविधान संसोधन प्रस्ताव दर्ताका लागि अन्तिम गृहकार्यमा राजनीतिक दलहरुले नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गनुपर्नेमा सरकारले संविधान संसोधन मार्फत नवलपुर क्षेत्रलाई ४ प्रदेशबाट ५ नम्बर प्रदेशमा जोड्न खोजेको र पछिल्लो समय संसदहरुको बढेको सेवासुबिधा खारेजीको माग गदै एमाले निकट बिद्यार्र्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्र्थी युनियन नवलपरासीले यस्तो बन्द गरेको हो ।