२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायको खोजीमा हिँडेकी पुलामीको रहस्यमय तरिकाले मृत्यु

१० मंसिर २०७३, शुक्रबार ०७:५०

मङ्सिर १०, पाल्पा । देशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय तरिकाले मृत्यु भएको खुलेको छ ।

गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीकै भएको माइती पक्षले दाबी गरेपछि उनको मृत्यु भएको खुलेको हो ।

बेवारिसे महिलाको शवको तस्बिर, कपडाका आधारमा माइती पक्षले विनु पुलामी नै भएको बताएका छन् ।

 बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीले शव व्यवस्थापनका लागि तानसेन नगरपालिकालाई जिम्मा लगाएको प्रहरीले बताएको छ । आफन्तबाट लासको खोजी हुन नसक्दा तानसेन नगरपालिकाले कात्तिक ८ गते राम्दीघाटमा लगेर शव गाडेको हो ।

पुलामी दसैपछि एक्कासि बेपत्ता बन्दै आएपनि श्रीमान र घरपरिवारले उनको खोजीमा सक्रियता देखाएको थिएन । जिल्ला शिक्षा कार्यालय, पाल्पामा प्राविधिकका रुपमा कार्यरत पुलामीका श्रीमान दीपेन्द्र बस्याल सोमबारदेखि फरार अवस्थामा रहेका छन् । बस्यालले अर्की प्रेमिका लिएर भारततिर भागेका हुन् । २०६९ सालमा पुलामी र बस्यालबीच अन्तरजातीय प्रेमविवाह भएको आफन्त बताउँछन् ।

गत चैतदेखि पुलामी र बस्यालबीच सम्बन्ध राम्रो नभएको खुलेको छ । महिला तथा बालबालिका कार्यालयमा भदौ ३१ गते पुलामीले आफू अन्यायमा परेको भन्दै मौखिक निवेदन दिएको निमित्त कार्यालय प्रमुख सुष्मा रेग्मीले जानकारी दिए। 

पुलामीले महिला तथा बालबालिका कार्यालयमा शारीरिक र मानसिक यातना भोग्न बाध्य भएको कार्यालयलाई जानकारी गराएपछि आफूहरुले जिल्ला प्रहरी कार्यालयमा जान अनुरोध गरेको जनाएको हो । बस्यालले पुलामीलार्ई पटकपटक मानसिक तथा शारीरिक यातना दिँदै आएको पुलामीका बुबा नरबहादुरको दाबी छ ।

माइती पक्षले उनको हत्या गरी फालिएको किटानी जाहेरीमा उल्लेख गरेको छ । जाहेरीमा विनुका श्रीमान ताहुँ–७ का दीपेन्द्र बस्याल, दीपेन्द्रका बुबा र आमालाई विपक्षी बनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्यालका बुबाआमा शिक्षक–शिक्षिका हुन् ।

गाडेको शव निकालेर अनुसन्धान

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक रमेशराज भेटवालको नेतृत्वमा गएको प्रहरीले गाडेको लास निकालेर अनुसन्धान थालेको छ । प्रहरीले गाडेको लास पुलामी मगरको हो वा होइन भन्ने बारेमा बुझ्नका लागि लासको दाँत र खुट्टाको हड्डी निकालेर डिएनए परीक्षणका लागि जिल्लामा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

एक महिनापछि दाहसंस्कार

माइती पक्षले गाडेको शव विनु पुलामीमगरकै भएकाले दाहसंकार गरेका छन् । बुबा नरबहादुरले छोरी पुलामीको शवलाई दागबत्ती दिएका हुन् । पुलामी दसैपछि माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् । कात्तिक ४ गते राम्दी नदीको किनारामा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । 

शवको सनाखत हुन नसक्दा कात्तिक ८ गते राम्दीमा लास गाडिएको थियो ।

प्रहरीले पुलामीको शव माइती पक्षलाई बुझाएको छ । शव बुझाएर दाहसंस्कार गर्ने बेलासम्म बस्यालका घरपरिवार पुगेनन् । माइती पक्षले मात्र पुलामीको दाहसंकार गरेका हुन् । घरपक्षका कोही पनि नआएपछि यो घटना थप रहस्यमय बन्दै गएको हो ।

पुलामीका श्रीमान बस्यालले पुलामीको फेसबुकबाट माइती पक्षसँग कुराकानी गर्दै आएका छन् । दसैपछि विनु माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् तर फेसबुकबाट दीपेन्द्रले पुलामी बनेर कुराकानी गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले पुलामीको हत्या नै भएको जाहेरी परेपछि अनुसन्धानलाई सशक्त रुपमा अघि बढाएको छ । पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले माइतीपक्षको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा