मङ्सिर १०, दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १०, दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा दुई ओटा बस एकाआपसमा ठोक्किँदा दश यात्रु घाइते, ४ को अवस्था गम्भीर

२०७३, १० मंसिर शुक्रबार ०८:११


मङ्सिर १०, दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । 

आज बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी र घोराहीबाट बालबालिका लिएर पश्चिम पुरन्धारातर्फ पिक्निकका लागि जाँदै गरेको ना३ख ७९७४ नंको बस सङ्ग्राम खोला नजिकै एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा परी गम्भिर घाइते भएका मानपुर गाविस–९ निवासी ४० वर्षीया बालिका सुनार, तुलसीपुर नगरपालिका–११ निवासी २७ वर्षीया विमला रिजाल र तुलसीपुर–६ निवासी ३३ वर्षीया सरिता लामिछानेलाई राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके पठाइएको छ । 

त्यस्तै गम्भिर घाइते चितवन जिल्ला पिप्ले–३ निवासी २२ वर्षीया शान्ता थपलियाको भने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । रासस  

तस्बिर: नरायण खड्काको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा