मङ्सिर १०, दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १०, दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा दुई ओटा बस एकाआपसमा ठोक्किँदा दश यात्रु घाइते, ४ को अवस्था गम्भीर

१० मंसिर २०७३, शुक्रबार ०८:११


मङ्सिर १०, दाङ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । 

आज बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी र घोराहीबाट बालबालिका लिएर पश्चिम पुरन्धारातर्फ पिक्निकका लागि जाँदै गरेको ना३ख ७९७४ नंको बस सङ्ग्राम खोला नजिकै एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा परी गम्भिर घाइते भएका मानपुर गाविस–९ निवासी ४० वर्षीया बालिका सुनार, तुलसीपुर नगरपालिका–११ निवासी २७ वर्षीया विमला रिजाल र तुलसीपुर–६ निवासी ३३ वर्षीया सरिता लामिछानेलाई राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके पठाइएको छ । 

त्यस्तै गम्भिर घाइते चितवन जिल्ला पिप्ले–३ निवासी २२ वर्षीया शान्ता थपलियाको भने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । रासस  

तस्बिर: नरायण खड्काको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ