दलसिंह गिरी/मङ्सिर १०, कालिकोट । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुक्रबारबाट सुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मङ्सिर १०, कालिकोट । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुक्रबारबाट सुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिला हिंसा विरुद्धको १६ दिने अभियान कालिकोटमा पनि सुरु

१० मंसिर २०७३, शुक्रबार १२:४८


दलसिंह गिरी/मङ्सिर १०, कालिकोट । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुक्रबारबाट सुरु भएको छ । यस बर्षको अन्तराष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज’तएगरिएको छ ।

१६ दिन सम्म महिला हिंसा विरुद्ध भैरहेका प्रयासका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने, हिंसा रोक्न अपनाउने रणनीति बनाउन तथा पीडितलाई समयमै न्याय र पीडकलाई कारवाही गर्न ध्यानाकर्षण गराउने लगायत कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यालय कालिकोटले जनाएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज कालिकोटमा प्रभातफेरी सहितको कोणसभा कार्यक्रमको आयोजना गरी अभियान संचालन गरिएको छ । महिला तथा बालबालिका कार्यालयको मुख्य आयोजना जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी सस्थाहरुको संयोजनमा १६ दिनसम्म विविध जनचेतनामुलक कार्यक्रम साचालन गर्ने महिला तथा बालबालिका कार्यालय कालिकोटका प्रमुख सिता थापा मगरले बताउनु भएको छ ।

घर शान्ती नै विश्व शान्तीको आधार भन्ने मुल नाराका साथ मनाउन लागीएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा महिला तथा बालिका विरुद्धमा हुने हिंसा न्युनिकरणका लागी संचालन गरिएका जनचेतनामुलक कार्यक्रमहरुलाई ग्रामिण क्षेत्रसम्म पुर्याउन विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले जिम्मा लगाइएको छ । 

आज प्रभातफेरी कार्यक्रम गरी सुरु गरिएको अभियानमा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक समाज, राजनैतिक दल पत्रकार स्थानीयवासी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल