सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रव"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको उद्घाटन

१० मंसिर २०७३, शुक्रबार १४:१४

सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रवार देउखुरीको सिसहनियाँमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । 

महिला सञ्जाल सिसहनियाँ, विहानी रेडियो श्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो श्रोता समुह कालापानी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरी, महिला शसक्तिकरण समुह र सामुदायिक मेलमिलाप केन्द सिसहनियाँ्रको संयुक्त आयोजनामा ¥याली तथा सभाको आयोजना गरी १६ दिने अभियान को उद्घाटन गरिएको हो । महिला सञ्जालकी अध्यक्ष यशोदा चौधरीको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महिला माथि हुने सवै खाले हिंसा रोक्न घरपरिवारबाटै अभियानको सुरुवात गर्नु पर्ने र सरोकारवालाहरुले समेत ध्यान दिनु पर्ने बताएका थिए । साथै उनीहरुले कानुनमा समेत कडाइ गर्नु पर्ने बताएका थिए ।

महिला सञ्जालकी सचिव जगदम्बा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, संघीय समाजवादी फोरमका पाटेश्वरीप्रसाद चौधरी, थरुहट तराई पार्टी नेपालका राधेश्याम चौधरी, प्रहरी चौकी सिसहनियाँका धर्म खड्का, सामुदायिक मेलमिलाप केन्द्रका परशुराम चौधरी र महिला ससक्तिकरण समुहका सामाजिक परिचालक लक्ष्मी चौधरी लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रम शुरु हुनु पुर्व महिलाहरुको एक ¥यालीले महिला हिंसा बिरुद्धका विभिन्न नारा लगाउदै सिसहनियाँ बजार परिक्रम गरेको थियो । कार्यक्रमको सञ्चालन महिला सञ्जालकी उपाध्यक्ष तारा घिमिरेले गरेकी थिइन् । यसैबीच अभियानका क्रममा मंसिर १४ गते महिला हिंसा न्युनिकरण विषयक एक दिने गोष्ठी, मंसिर १७ गते महिला हिंसा न्युनीकरण गर्न सरोकारवालाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता, मंसिर २२ गते सिसहनियाँ बजारमा सडक नाटक प्रर्दशन गर्ने र अभियानको अन्तिम दिन मंसिर २५ गते पुरस्कार वितरण सहित अभियानको समापन गरिने आयोजकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य