दलसिंह गिरी/मंसिर ११, कालिकोट । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मंसिर ११, कालिकोट । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वा"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शैक्षिक गुणस्तर सुधारका लागि लालुमा शैक्षिक मेला

२०७३, ११ मंसिर शनिबार ०२:४४


दलसिंह गिरी/मंसिर ११, कालिकोट । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बुद्धि गर्नका लागि लालु गाविस मा इतिहास मै पहिलो पटक शैक्षिक पर्दशनी मेला सम्पन्न भएको छ । गाउँ शिक्षा समितिको आयोजनामा संचालित मेलामा स्थानिय शैक्षिक सामाग्री को प्रयोग गरी निर्माण गरिएका शैक्षिक सामाग्री पर्दशन गरी मेला सम्पन्न भएको हो । 

गाउँ शिक्षा समिति लालुका सदस्य श्रीमति बेला बोहोराको अध्यक्षता तथा जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर शाही को प्रमुख अतिथ्यतामा संचालन भएको मेलामा लालु गाविसमा रहेका ११ वटा विद्यालय र माल्कोट गाविसका २ गरि जम्मा १३ वटा विद्यालयले भाग लिएका छन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय तथा किर्डाक नेपाल कालिकोट द्धारा सञ्चालित सहयात्रा परियोजनाको प्रत्यक्ष संलग्नतामा आयोजित मेलामा मेलामा स्थानिय स्तरमा पाईने तथा मूल्य नपर्ने सामाग्री बाट निर्मित शैक्षिक सामाग्रीको पर्दशनी गरिएको छ । 

लालु गाविसको जनप्रभात माविको प्राङगढमा आयोजित मेलामा १३ वटा स्टल तयार पारी प्रदर्शन गरिएको शैक्षिक मेलामा सहभागित १३ वटै विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले भरपूर अवलोकन गरेका छन् । पर्दशनी मेला कार्यक्रममा जनप्रभात माविका शिक्षक निर्मल कुमार विष्टको संयोजकत्वमा ५ सदस्यीय मुल्याङ्कन टोली समेत गठन गरी सहभागी सबै विद्यालयहरुले पर्दशन गरेको शैक्षिक सामाग्रीको मुल्यांकन गरिएकोछ । मुल्यांकन टोलीले गरेको मुल्यांकन अनुसार शान्ती मावि माल्कोट प्रथम, जनउत्थान आधारभूत विद्यालय चिनाडी लालु दोश्रो, रुपादेवी आधारभूत विद्यालय तेश्रो र  जनप्रभात मावि शान्तोना घोषणा गरिएको छ । 

शैक्षिक सामाग्री पर्दशनी मेलाको बारे आफ्नो धारणा राख्दै जनप्रभात माविका प्रधानाध्यपक श्री मान ब. शाहीले “यो मेलाबाट हामीमा शैक्षिक सामाग्री निर्माण, प्रयोग सम्बन्धि थप जागृत गरेको र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त भएको  बताउनु भएको छ । 

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको साझेदारीमा संचालित सहयात्रा परियोजनाले १२ वटा गाविसहरुका १०८ विद्यालय र ९० वटा प्रारम्भिक बाल विकास केन्द्रलाई लक्षित गरि कार्यक्रम संचालन गरिरहेको छ । 

सहयात्रा परियोजनाले विषेश गरि नेपाल सरकारको कार्यान्यन उन्मूख कार्यक्रम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपि) र प्रारम्भिक तह पठन विकासलाई विषेश टेवा दिदै विद्यालयमा सिकाई वातावरणको निर्माण द्धारा विद्यार्थीहरुको सिकाई उपलब्धिमा सुधार गदै दलित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको क्षेमता विकास गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन