गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । सुर्खेतमा नयाँ एक सिभिल ईन्जिनियरिङ्ग कक्षा सुरु भएको छ । 

ब्यवसायि तालिम परिषद् (सीटिईभिटी) को सम्बन्धन प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । सुर्खेतमा नयाँ एक सिभिल ईन्जिनियरिङ्ग कक्षा सुरु भएको छ । 

ब्यवसायि तालिम परिषद् (सीटिईभिटी) को सम्बन्धन प"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा थपियो डिप्लोमा ईन्जिनियरिङ कक्षा

११ मंसिर २०७३, शनिबार ०२:५८

गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । सुर्खेतमा नयाँ एक सिभिल ईन्जिनियरिङ्ग कक्षा सुरु भएको छ । 

ब्यवसायि तालिम परिषद् (सीटिईभिटी) को सम्बन्धन प्राप्त गरी वीरेन्द्रनगर ११ चनौटे नेवारेमा रहेको अमरज्योती नमुना माध्यमिक बिद्यालयले थप कक्षा संचालन गरेको हो । सिभिल ईन्जिनियरिङ्गका बिद्यार्थीले अब अमरज्योतीमा अध्ययन गर्न पाउने भएका छन् । 

प्राविध शिक्षामा बिद्यार्थी तथा अभिभावकको चासो बढ्दै गएकाले भएका प्राविधिक बिद्यालयमा निकै ठलो चाप हुने गरेको पाईन्छ । स्थानिय स्तरमा नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले कार्यक्रम लागु गर्न लागेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टीकाराम आचार्यले जानकारी दिए ।  

बिद्यालयको अक्षयकोष दिवससंगै शुक्रबार बिद्यालयमा एक कार्यक्रम गरेर सिभिल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमा कार्यक्रमको उद्घाटन गरिएको बिद्यालयले जानकारी दिएको छ । 

सिभिल ईन्जिनियरिङ्ग अध्ययनका लागी बिद्यालयले विभिन्न मापदण्डहरु निर्धारण गरेको छ । जसमा एसएलसि परीक्षामा २.२ जिपिए ल्याएको हुनुपर्ने, बिज्ञान, गणित, बिषयमा सि ग्रेड प्राप्त गरेको हुनुपर्ने, ग्रेडिङ्ग सिस्टमबाहेका बिद्यार्थीहरुले दोस्रो श्रेणी ल्याएको हुनुपर्ने, सव ओभरसियर पास भएका बिद्यार्थीले ६७ प्रतिशत अंक ल्याउनुपर्ने रहेका छन् ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्ष्यतामा भएको कार्यक्रममा बिद्यार्थी, अभिभावक तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु