खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभि"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

११ मंसिर २०७३, शनिबार ०३:११


खकेन्द्र केसी/मंसिर ११, सल्यान । “घर शान्ती नै विश्व शान्तीको आधार, दिगो विकासका लागि लैगिक रहित समाज” भन्ने नारा सहित आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ । 

सल्यानमा पनि दिवसका अवसरमा सडक नाटक तथा लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा निवारण जिल्ला संयोजन समिति सल्यानको आयोजनामा श्रीनगरमा भएको कार्यक्रममा सरोकारवाला विभिन्न निकायको सहभागिता रहेको थियो । 


सहभागीहरुले यो अभियानले समाजमा चेतना दिने भन्दै त्यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निभाउने बतएका तिए । लैंगिक हिंसा निवारण समितिका संयोजक दुर्गादत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोभिता बस्नेतले गरेकि थिइन । कार्यक्रममा रेडियो तहल्का तथा अनलाइन तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रको नाटक समूहले सडक नाटक प्रस्तुत गरिएको थियो । 

महिला हिंसा विरुद्धको लोक गीत प्रतियोगितामा हिमा बोहरा प्रथम, लिला वि.क. द्धितिय, एलिसा डि.सी. तृतिय र सरिता मगर सान्त्वना बनेका छन । 

कार्यक्रमका लागि जिल्ला विकास समिति, महिला बालबालिका कार्यालय, रेडक्रस, ओरेक, पहल, दलित विकास समाज, पास नेपाल, महिला मानव अधिकार रक्षक संजाल लगायतले सहयोग गरेका हुन । 

१६ दिन सम्म मनाइने यो अभियानका अवसरमा सल्लीबजार, लक्ष्मीपुर र थारमारेमा पनि कार्यक्रम गरिनेछ । 


स्थानिय विकास अधिकारी खिम बहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महिला विकाश अधिकृत राज कुमारी राई लगायत विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो । 

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा देशव्यापी रुपमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले १६ दिने अवधिमा महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो ।

त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो ।  हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु