कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितर"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका राउटे समुदायलाई पेशागत महासंघ नेपालद्धारा न्याँनो कपडा वितरण

२०७३, ११ मंसिर शनिबार ०३:१९


कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितरण गरेको छ । 

पेशागत महासंघ नेपाल राष्ट्रिय समितीको आयोजना, राउटे उत्थान प्रतिष्ठान नेपालको समन्वय तथा पेशागत मंहासघ नेपाल जिल्ला समिती अछामको आयोजनामा वितरण गरिएको हो । 

लोपन्मुख जातिको रुपमा रहेको राउटे समुदायको उत्थानका लागी र निकै जाँडो रुपमा जिवन बिताईरहेका सबै परिवारलाई कपडा वितरण गरिएको हो । लामो समय देखि वडा नम्बर ८ मा बसोबास गर्दै आएका ४१ घरपरिवारमा १ सय ४९ जना राउटे समुदायका बृद्धबृद्धा, युवा युवति तथा वालवालिकालाई २ लाख बराबरका कोट, हाईनिक, टोपि, हुक्स लगाएतका कपडा वितरण गरिएका छन । 

राउटे उत्थान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सत्यदेवि अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा पेशागत महासंघ नेपाल राष्ट्रिय समितीका केन्द्रिय अध्यक्ष विश्वनाथ प्याकुरेल प्रमुख अथिती रहनु भएको थियो । 

कपडा वितरण गर्दै प्रमुख अथिती प्याकुरेलले निकै नै दयनिय जिवन बिताईरहेका राउटे समुदायको उत्थानका लागि सबै लाग्नु पर्ने बताउनु भयो । आफनो केन्द्रिय निर्णय अनुसार राउटे समुदायलाई लुगा कपडा वितरण गएको जानकारी दिनु भयो । 

उनिहरुको बस्तीमै गएर हेर्दा जुन पुरानो परम्पराका साथ उनिहरु बसिरहेका छन आगामि दिनमा उनिहरुको चेतना विस्तारका लागि सबै सचेत नागरिक अब जुरमुराउन पर्ने बेला आएको बताएका थिए । 

कपडा पाईसकेपछि राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले खुशि ब्यक्त गर्दै अहिले समयमा दिएको सहयोग आफुले आत्म साथ यसलाई नियमित पहिरहने बताएका थिए । 

सोही अवसरमा राउटे मुख्या विर बहादुर शाही, दिल बहादुर शाही, पुर्व मुखिया तथा जेष्ठ नागरिक मैन बहादुर शाहीले यसअघि अन्य दातृ निकायले सहयोग गरेको लत्ताकपडा आफुले बेचेर खाने गरेको आरोप लाग्दै आएकाले यसलाई जसरी पनि सबैलाई पहिरहन आग्रह गर्ने बताएका थिए ।  

वितरण कार्यक्रममा पेशागत महासंघ नेपाल राष्ट्रिय समिती उपाध्यक्ष कृष्णमान श्रेष्ठ, उपमहासचिव रामप्रसाद रिमाल, पुर्णा जोशि, एमाले प्रदेश नम्बर ७ बम बहादुर विसि, महासंघ नेपाल राष्ट्रिय समिती कोषाध्यक्ष श्याम प्रसाद पाण्डे, सचिव भक्तराज पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष टिका बिष्ट, पेशागत महासघ अछामका अध्यक्ष भिम बहादुर बुढा, सचिव धन कुमार केसि लगाएत पेशागत महासंघका केन्द्रिय सदस्य, अछामका सबै पदाधिकारी, सदस्य, सबै पत्रकारको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन