कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितर"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका राउटे समुदायलाई पेशागत महासंघ नेपालद्धारा न्याँनो कपडा वितरण

११ मंसिर २०७३, शनिबार ०३:१९


कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितरण गरेको छ । 

पेशागत महासंघ नेपाल राष्ट्रिय समितीको आयोजना, राउटे उत्थान प्रतिष्ठान नेपालको समन्वय तथा पेशागत मंहासघ नेपाल जिल्ला समिती अछामको आयोजनामा वितरण गरिएको हो । 

लोपन्मुख जातिको रुपमा रहेको राउटे समुदायको उत्थानका लागी र निकै जाँडो रुपमा जिवन बिताईरहेका सबै परिवारलाई कपडा वितरण गरिएको हो । लामो समय देखि वडा नम्बर ८ मा बसोबास गर्दै आएका ४१ घरपरिवारमा १ सय ४९ जना राउटे समुदायका बृद्धबृद्धा, युवा युवति तथा वालवालिकालाई २ लाख बराबरका कोट, हाईनिक, टोपि, हुक्स लगाएतका कपडा वितरण गरिएका छन । 

राउटे उत्थान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सत्यदेवि अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा पेशागत महासंघ नेपाल राष्ट्रिय समितीका केन्द्रिय अध्यक्ष विश्वनाथ प्याकुरेल प्रमुख अथिती रहनु भएको थियो । 

कपडा वितरण गर्दै प्रमुख अथिती प्याकुरेलले निकै नै दयनिय जिवन बिताईरहेका राउटे समुदायको उत्थानका लागि सबै लाग्नु पर्ने बताउनु भयो । आफनो केन्द्रिय निर्णय अनुसार राउटे समुदायलाई लुगा कपडा वितरण गएको जानकारी दिनु भयो । 

उनिहरुको बस्तीमै गएर हेर्दा जुन पुरानो परम्पराका साथ उनिहरु बसिरहेका छन आगामि दिनमा उनिहरुको चेतना विस्तारका लागि सबै सचेत नागरिक अब जुरमुराउन पर्ने बेला आएको बताएका थिए । 

कपडा पाईसकेपछि राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले खुशि ब्यक्त गर्दै अहिले समयमा दिएको सहयोग आफुले आत्म साथ यसलाई नियमित पहिरहने बताएका थिए । 

सोही अवसरमा राउटे मुख्या विर बहादुर शाही, दिल बहादुर शाही, पुर्व मुखिया तथा जेष्ठ नागरिक मैन बहादुर शाहीले यसअघि अन्य दातृ निकायले सहयोग गरेको लत्ताकपडा आफुले बेचेर खाने गरेको आरोप लाग्दै आएकाले यसलाई जसरी पनि सबैलाई पहिरहन आग्रह गर्ने बताएका थिए ।  

वितरण कार्यक्रममा पेशागत महासंघ नेपाल राष्ट्रिय समिती उपाध्यक्ष कृष्णमान श्रेष्ठ, उपमहासचिव रामप्रसाद रिमाल, पुर्णा जोशि, एमाले प्रदेश नम्बर ७ बम बहादुर विसि, महासंघ नेपाल राष्ट्रिय समिती कोषाध्यक्ष श्याम प्रसाद पाण्डे, सचिव भक्तराज पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष टिका बिष्ट, पेशागत महासघ अछामका अध्यक्ष भिम बहादुर बुढा, सचिव धन कुमार केसि लगाएत पेशागत महासंघका केन्द्रिय सदस्य, अछामका सबै पदाधिकारी, सदस्य, सबै पत्रकारको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा