पूर्णप्रसाद मिश्र/मङ्सिर ११, काठमाडौँ । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् ।

विसं २०४७ देखि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद मिश्र/मङ्सिर ११, काठमाडौँ । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् ।

विसं २०४७ देखि "/>

१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुकुम्बासीका नाममा एक हजार परिवारको बसोबास

११ मंसिर २०७३, शनिबार ०५:४७

पूर्णप्रसाद मिश्र/मङ्सिर ११, काठमाडौँ । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् ।

विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण वृद्धि भएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समितिले गरेको अध्ययनानुसार सिनामङ्गल पुलमाथिको वाग्मती नदी किनारमा छ, सिनामङ्गल पुलमुनिको वाग्मती नदी किनारमा आठ, सिनामङ्गलको गुह्येश्वरी विद्यालय नजिक ४०, सिनामङ्गल गैरीगाउँमा ६०, सिनामङ्गल जागृतिनगरमा २००, नयाँ बानेश्वर शान्तिनगरमा ४००, शङ्खमूलमा १००, थापाथलीमा १०८ र बल्खुमा ३१८ परिवारले किनारको जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरेका छन् ।

यसैगरी विष्णुमती नदी किनारको महादेव खोलामा ७० र बालाजु क्षेत्रमा १५५ परिवारले नदी किनार अतिक्रमण गरेका छन् । अतिक्रमणलाई राजनीतिक संरक्षण दिई राज्यका सम्बन्धित निकायबाट बिजुली र पानीको लाइन एवम् मतदानको अधिकार प्रदान गरी आधिकारिकता दिइएको समितिका वरिष्ठ समाजशास्त्री भरत आचार्यले बताए।

“नदीको जग्गा अतिक्रमण गरिँदा सरसफाइ, वृक्षरोपण तथा नदी सौन्दर्यका काम र नदी किनारको भौतिक निर्माण (रिभर ट्रेनिङ), ढल पाइप बिच्छ्याउने एवम् दुवै किनारामा सडक निर्माणमा गम्भीर असर परी सुधारको कार्य अवरुद्ध भएको छ”– उनले भने।

यसबाट राज्यले लिएको नदी प्रणाली जीवन्त बनाउने र उपत्यकाको समग्र सौन्दर्यको काममा बाधा पुगेको समितिको ठहर छ । यसले गर्दा निर्माण कम्पनीलाई करोडौँ हर्जाना तिर्नुपरेको आयोजनाको भनाइ छ । सरोकार भएका निकाय, राजनीतिक दल र नागरिक समाजले सो समस्या समाधान गर्ने विषयमा समान धारणा निर्माणका लागि पहल सुरु गरिएको आयोजना प्रमुख राजेशप्रसाद सिंहले बताए।

“समस्या समाधानका लागि वास्तविक सुकुम्बासी पत्ता लगाई सहरी विकास तथा भवन निर्माण विभागले इचङ्गुनारायणमा निर्माण गरेको भवनमा सार्ने व्यवस्था गरिनुपछ, उपत्यकाको अव्यवस्थित बसोबास व्यवस्थापनका लागि छानबिन गर्न शक्तिशाली आयोग गठन गरिनुपर्छ, अतिक्रमण, अव्यवस्थित बसोबास रहेको नदी किनारको जग्गा २०४५ सालको नक्सा अनुसार खाली गराउनुपर्छ ”– उनले भने।

अतिक्रमणकारीमध्ये ९० प्रतिशत सम्पन्न र १० प्रतिशत मात्र वास्तविक सुकुम्बासी भएको अध्ययनपछि खुलेको बताइएको छ । विसं २०६९ मा थापाथलीका ४६ परिवारलाई रु २५ हजारका दरले दिई नदी किनार खाली गर्ने व्यवस्था मिलाइएकामा पछि फर्किएर पुरानै स्थानमा फर्की बसेका छन् ।

विभागले इचङ्गुनारायणमा २२७ परिवार अट्ने भवन निर्माण गरिसकेको छ भने ३३७ परिवार अट्ने भवन निर्माण भइरहेको छ । सर्वोच्च अदालतले वाग्मतीलाई पूर्ण रुपमा सफा बनाई वातावरणीय सुधार गर्न अतिक्रमित बस्ती हटाउन सरकारलाई परमादेश दिएको छ ।

नदी अतिक्रमणले नदेखिने सामाजिक र आपराधिक समस्या सिर्जना हुने गरेको सोसम्बन्धी अध्ययनमा लाग्नुभएका समितिका समाजशास्त्री आचार्यले बताए। “नदी किनारमा अव्यवस्थित रुपमा बस्नु अतिक्रमणकारीकै लागि पनि बाढी, पहिरो, रोगव्याधिका हिसाबले घातक छ, यसले नजानिँदो किसिमले सामाजिक विभाजनको रुप धारण गरेको छ, हटाउन नसक्नुको मूल जड राजनीतिक संरक्षण हो”, उनले भने।

सुकुम्बासी, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट वाग्मती किनारको ४०० रोपनी जग्गा अतिक्रमण गरेको समितिको अध्ययनले देखाएको छ । समितिले हालसम्म मुद्दा जितेर १०७ रोपनी नदी किनारको जग्गा फिर्ता गरेको छ । सिनामङ्गलस्थित वाग्मती नदी किनारको ४३ रोपनी, पेप्सीकोलास्थित मनोहरा नदी किनारको ५६ रोपनी र अन्य स्थानमा व्यक्तिविशेषले मिचेको आठ रोपनी जग्गा मुद्दा लडेर समितिले सरकारीकरण गरेको छ ।

भिएस निकेतन स्कुल लगायतले शान्तिनगरदेखि कोटेश्वरसम्म मिचेर संरचना बनाएको ४३ रोपनी जग्गा पनि फिर्ता गरी बगैँचा निर्माण गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या