२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला अस्पतालमा फोहरको डङ्गुर

२०७३, ११ मंसिर शनिबार ०५:५८

मङ्सिर ११, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु पछिल्लो समय दुर्गन्धित बन्दै गएको छ । 

चार दिनदेखि बुबाको उपचारका क्रममा अस्पतालमा रहनुभएका टाक्सिन्दु सोलुखुम्बुका छप्ते शेर्पा भन्नुहुन्छ “बुबा त बिरामी हुनुभयो, म पनि यो अस्पतालको फोहरसँगैको दुर्गन्धले गर्दा बिरामी हुन लागैँ” । 

छोराको उपचारका लागि तिंलाबाट फाप्लु आउनुभएका डाकबहादुर भुजेल अस्पतालको फोहर देखर चकित पर्नुभएको छ । “हैन अस्पताल पनि यति धेरै फोहर हुन्छ भन्ने सोचेको पनि थिइन, सबै शौचालयमा दिसा छरपस्ट देखिएको छ, अस्पतालको बेडदेखि आँगनभरि फोहर उत्तिकै छ, खुट्टा टेक्ने ठाउँ नहुने गरी फोहर हुँदा पनि सफा गर्ने मान्छे हँुदैनन् ?” भुजेलले प्रश्न गर्नुभयो । 

श्रीमतीको उपचारका लागि तीन दिनदेखि अस्पतालमा बस्नुभएका जिल्ला शिक्षा कार्यालयका कर्मचारी नेत्रप्रसाद घिमिरे बाहिर निस्कन पनि नाक थुन्नुपर्दा हैरान हुनुभएको छ । 

करारमा नियुक्त १२ कार्यालय सहयोगी रहेको जिल्ला अस्पतालको वरिपरि जताततै प्लास्टिक, कागज, च्यातिएको बोरा, सिसाका बोतल लगायत भेटिन्छ भने धारामा पानी छैन । शौचालयमा पानी नहँुदा जताततै दिसा छ भने बिरामी कुरुवा आफूहरु अन्यत्र दिसापिसाब गर्न गएको बताउँछन् । 

बहिनी बिरामी भई भेट्न आउनुभएका शान्तबहादुर नेपाली दुई दिनदेखि अस्पतालमै हुनुहुन्छ । उहाँले दिसापिसाब गर्नका लागि अस्पताल क्षेत्रमा शौचालय अनि पानीको व्यवस्था नहुँदा अन्यत्र होटलमा गएको बताउनुभयो । 

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख एवम् मेडिकल अधिकृत डा टङ्क कार्की नजिकै भवन निर्माण भइरहेकाले फोहर बढेको स्विकार्दै भन्नुहुन्छ “कार्यालय सहयोगीलाई बारम्बार निर्देशन दिइएको छ, काम गरिरहेका नै छन् । 

धारामा पानी आउँदैन, सामान्य धाराको टि बिग्रँदा मर्मत गर्न आवश्यक सामग्री खरिद गर्ने अधिकार अस्पताललाई छैन, नीतिगत निर्णय गर्नका लागि अस्पताल विकास समिति हुनुपर्छ । अहिलेसम्म अध्यक्षको नियुक्ति भएको पत्र प्राप्त भएको छैन, त्यसैले काम गर्न कठिनाइ भइरहेको छ ।” 

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रोशनलाल चौधरी केही समयमा अस्पताल र परिसर सफा बनाइने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन