१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला अस्पतालमा फोहरको डङ्गुर

११ मंसिर २०७३, शनिबार ०५:५८

मङ्सिर ११, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु पछिल्लो समय दुर्गन्धित बन्दै गएको छ । 

चार दिनदेखि बुबाको उपचारका क्रममा अस्पतालमा रहनुभएका टाक्सिन्दु सोलुखुम्बुका छप्ते शेर्पा भन्नुहुन्छ “बुबा त बिरामी हुनुभयो, म पनि यो अस्पतालको फोहरसँगैको दुर्गन्धले गर्दा बिरामी हुन लागैँ” । 

छोराको उपचारका लागि तिंलाबाट फाप्लु आउनुभएका डाकबहादुर भुजेल अस्पतालको फोहर देखर चकित पर्नुभएको छ । “हैन अस्पताल पनि यति धेरै फोहर हुन्छ भन्ने सोचेको पनि थिइन, सबै शौचालयमा दिसा छरपस्ट देखिएको छ, अस्पतालको बेडदेखि आँगनभरि फोहर उत्तिकै छ, खुट्टा टेक्ने ठाउँ नहुने गरी फोहर हुँदा पनि सफा गर्ने मान्छे हँुदैनन् ?” भुजेलले प्रश्न गर्नुभयो । 

श्रीमतीको उपचारका लागि तीन दिनदेखि अस्पतालमा बस्नुभएका जिल्ला शिक्षा कार्यालयका कर्मचारी नेत्रप्रसाद घिमिरे बाहिर निस्कन पनि नाक थुन्नुपर्दा हैरान हुनुभएको छ । 

करारमा नियुक्त १२ कार्यालय सहयोगी रहेको जिल्ला अस्पतालको वरिपरि जताततै प्लास्टिक, कागज, च्यातिएको बोरा, सिसाका बोतल लगायत भेटिन्छ भने धारामा पानी छैन । शौचालयमा पानी नहँुदा जताततै दिसा छ भने बिरामी कुरुवा आफूहरु अन्यत्र दिसापिसाब गर्न गएको बताउँछन् । 

बहिनी बिरामी भई भेट्न आउनुभएका शान्तबहादुर नेपाली दुई दिनदेखि अस्पतालमै हुनुहुन्छ । उहाँले दिसापिसाब गर्नका लागि अस्पताल क्षेत्रमा शौचालय अनि पानीको व्यवस्था नहुँदा अन्यत्र होटलमा गएको बताउनुभयो । 

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख एवम् मेडिकल अधिकृत डा टङ्क कार्की नजिकै भवन निर्माण भइरहेकाले फोहर बढेको स्विकार्दै भन्नुहुन्छ “कार्यालय सहयोगीलाई बारम्बार निर्देशन दिइएको छ, काम गरिरहेका नै छन् । 

धारामा पानी आउँदैन, सामान्य धाराको टि बिग्रँदा मर्मत गर्न आवश्यक सामग्री खरिद गर्ने अधिकार अस्पताललाई छैन, नीतिगत निर्णय गर्नका लागि अस्पताल विकास समिति हुनुपर्छ । अहिलेसम्म अध्यक्षको नियुक्ति भएको पत्र प्राप्त भएको छैन, त्यसैले काम गर्न कठिनाइ भइरहेको छ ।” 

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रोशनलाल चौधरी केही समयमा अस्पताल र परिसर सफा बनाइने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु