१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

हेवा खोला जलविद्युत् परियोजना ‘ए’को काममा अवरोध

११ मंसिर २०७३, शनिबार ०६:००

मङ्सिर ११, पाँचथर । हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ । 

स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ । वार्ताका लागि प्रहरी प्रशासनले बोलाए पनि स्थानीयवासी वार्तामा बस्न नमानेको कम्पनीले जनाएको छ । 

परियोजना सञ्चालनका क्रममा लिखित र मौखिक रुपमा भएका सम्झौतामध्ये केही मात्रै पूरा भएका र बाँकी धेरै माग सम्बोधन नगरिएका कारण यथाशक्य सम्झौता बमोजिमको माग पूरा गर्नुपर्ने उनीहरुको भनाइ छ । 

स्थानीयवासी विनय रम्तेलले भन्नुभयो, “स्थानीयस्तरमा हाइड्रो सञ्चालन गर्नका लागि बनेको कम्पनीको विधान तथा ऐन सार्वजनिक गर्नुपर्ने, स्थानीयका लागि तत्काल सेयर निष्काशन गर्नुपर्ने, प्रभावित क्षेत्र याङ्नामको विद्युत् व्यवस्थापन गर्नुपर्ने, खानेपानी, सिँचाइ कुलोको व्यवस्था गरिदिनुपर्ने, सुरुङले गर्दा पहिरो बगेको क्षेत्रमा अनुगमन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत १५ बुँदे माग अघि सारेर आन्दोलनमा उत्रेका छौँ ।” 

हाम्रा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन चलिरहने उहाँले बताउनुभयो । उनीहरुले जिल्ला प्रशासन कार्यालय तथा राजनीतिकदल, सङ्घ संस्था तथा पाँचथर पावर कम्पनीलाई आफ्ना माग पूरा गर्न ज्ञापनपत्र समेत बुझाइसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु