१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी पनि बाघले महिला खायो

११ मंसिर २०७३, शनिबार ०६:००

मंसिर ११, नवलपरासी । नवलपरासीको दुम्किवासमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार विहान घाँस काट्न दुम्किवास ७ मा रहेको बगु वनमा गएको बेला सोही ठाउँकी ६१ बर्षिय आस्मती मसानी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


नवलपरासी प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दिउँसो १ बजे बाघले आक्रमण गरी शरिरको बिभिन्न भागमा चोट लागेको शब फेला परेको थियो । प्रहरीले सोही अनुमानमा बाघको आक्रमण बाट ज्यान गएको हुनसक्ने बताएको हो । 

नवलपरासीमा यसभन्दा अघि यो महिना मात्र २ जनाको बाघको आक्रमण बाट ज्यान गइसकेको छ । यस घटनासँगै यो महिनामा मात्र नवलपरासीको बिभिन्न ठाउँमा बाघको आक्रमण बाट ३ जनाको ज्यान गएको हो । लोकाहामा पुरुष, अम्रसामा महिला र दम्किवासमा महिलाको ज्यान गएको हो । 



-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु