सरु शर्मा मंसिर ११, नवलपरासी । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई बिदाई गरीएको छ । कर्मचारी मिलन केन्द्र नवलपरासीले एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारीलाई बिदाई गरेको हो । केन्द्रका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीका प्रमुख कोष नियन्त्रक महेन्द्र भण्डारीको अध्यक्षतामा बिदाई गरीएको हो । २०७२ साल माघ मा प्रमुख जिल्ला अधिकारी का रुपमा नवलपरासी आउनुभएका पन्थले जिल्लामा २३२ दिन बिताउनुभयो । कार्यक्रममा बोल्दै पन्थले जिल्लामा रहदाको समयमा सबैको कार्य र सहयोगको प्रशँसा गदै सबै काम समयमै सम्पादन गरी आफ्नो नवलपरासीको कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबै कर्मचारी, नागरीक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सबैलाई धन्यबाद दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी पन्थ सरुवा भई सुर्खेत जान लाग्नुभएको छ भने नवलपरासीमा गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना आउन लाग्नुभएको छ । उहाहरुको सरुवा गृह मन्त्रालयले मँसिर ९ गते सार्बजनिक गरी जानकारी गराएको थियो । बिदाई कार्यक्रमको सँचालन केन्द्रका सचिव एवँ जिल्ला हुलाक कार्यालय नवलपरासीका प्रमुख मोहन पोख्रेलले गर्नुभएको थियो ।
यस्तै सुनवल नगरपालिकाका कार्यकारी अधिकृत माधव ढकाललाई पनि बिदाई गरीएको छ । सरुवा भएर स्वास्श्थ्य मन्त्रालय अन्तर्गत जान लाग्नुभएका ढकाललाई केन्द्रले सोही कार्यक्रममा बिदाई गरेको हो ।