१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम

११ मंसिर २०७३, शनिबार ०९:३३

मङ्सिर ११, पाल्पा । चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् । 

जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताउनुहुन्छ । 

आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उहाँ अझैपनि अनविज्ञ हुनुहुन्छ । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधँै खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउँछन् । 

विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताउनुभयो । 

मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगर भन्नुहुन्छ, “ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एका दुईले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।” 

खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उहाँले बताउनुभयो । गोठादीकी मीना चिदिले प्याकेटको तुलनामा खुल्लाको मूल्य कम भएकाले खुल्ला नुन नै प्रयोग गर्दै आइरहेको बताउनुभयो । 

आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो । 

सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घर/घरमा रेडियोको पहुँच पुगेकै छ । 

मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु