१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा स्थानीय तहको खाका परिमार्जन गरियो

११ मंसिर २०७३, शनिबार ०९:३५

मङ्सिर ११, सोलुखुम्बु । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिका आधारमा जिल्लाका स्थानीय तहको खाका तयार गरेको छ । 

यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा व्यापक विरोध आएपछि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण अयोगले तीन दिनभित्र खाका सच्याएर पठाउन बिहीबार जिल्लास्थित प्राविधिक समितिलाई नै फिर्ता गरेको थियो । 

विभिन्न क्षेत्रबाट आएका विभिन्न समूहको नाराबाजीकाबीच शुक्रबार साँझ अबेरसम्म चलेको बैठकले यसअघिको खाका परिमार्जन गर्दै एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तहको खाका प्रस्तुत गरेका छन् । जसमा कुल ५४ वटा वडा कायम गरिएको छ । यसैगरी समितिले स्थानीय तहका केन्द्रसमेत निर्धारण गरेको छ । 

समितिले सल्लेरी केन्द्र रहने गरी सल्लेरी, वेनी, तामाखानी, गार्मा, तिंगला, टाप्टिङ, केरुङ, गोराखानी र टक्सिन्दु गाविस समेटिएका सोलु दूधकुण्ड नगरपालिकाको खाका तयार गरेको छ । 

त्यस्तै, चौरीखर्क केन्द्र रहने गरी नाम्चे, खुम्जुङ, चौरीखर्क र जुभिङ १, ५, ७, ८, ९ वडा लाई समेटिएर खुम्बु पासाङल्हामु गाउँपालिका, काँकु–१ तेन्दु वा बासा–७ राप्छा केन्द्र रहने गरी वाकु, काँकु, बासा, जुभिङ २, ३, ४, ६ वडा लाई समेटिएर खालिङ दूधकोसी गाउँपालिका, बुङ चोक केन्द्र रहने गरी बुङ, छेस्काम र गुदेल १, २, ३, ४, ५, ६, ७ वडा लाई समेटिएर महाकुलुङ गाउँपालिका तथा सोताङ बजार केन्द्र रहने गरी सोताङ, पावै र गुदेल ८, ९ वडालाई समेटिएर सोताङ गाउँपालिकाको खाका तयार गरेको छ । 

यसैगरी समितिले मुक्ली केन्द्र रहन् गरी लोखिम, जुबु, देउसा, मुक्ली, नेले, काँगेल र पन्चन गाविसलाई समेटिएर थुलुङ दूधकौशिका गाउँपलिका, नेचा केन्द्र रहने गरी सल्यान, नेचा बेतघारी र नेचा बतासे गाविसलाई समेटिएर नेचा सल्यान गाउँपालिका तथा चौलाखर्क काफ्लेचौर केन्द्र रहनेगरी गोली, चौलाखर्क र भकान्जे गाविसलाई समेटिएर लिखुपिके गाउँपालिका रहने खाका तयार गरी आयोगमा पठाउने सहमति भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु