मङ्सिर ११, इनरुवा । इनरुवा नगरपालिकाले समयमा काम नगर्ने ठेकेदारलाई नै पटकपटक ठेक्का दिएको स्थानीयले गुनासो गरेका छन् । 

इनरुवा–१ को मुख्य बजार क्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ११, इनरुवा । इनरुवा नगरपालिकाले समयमा काम नगर्ने ठेकेदारलाई नै पटकपटक ठेक्का दिएको स्थानीयले गुनासो गरेका छन् । 

इनरुवा–१ को मुख्य बजार क्ष"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माण भएन इनरुवा नगरपालिकाको भवन

११ मंसिर २०७३, शनिबार ०९:५१

मङ्सिर ११, इनरुवा । इनरुवा नगरपालिकाले समयमा काम नगर्ने ठेकेदारलाई नै पटकपटक ठेक्का दिएको स्थानीयले गुनासो गरेका छन् । 

इनरुवा–१ को मुख्य बजार क्षेत्रमा रहेको भवन निर्माण ठेक्का लिएको अढाइ वर्ष बित्दा पनि निर्माण कार्य सम्पन्न नगरेको र अस्पताल अगाडिको भवन समेत निर्माण नगरेको ठेकेदारलाई फेरि नगरपालिकाले नयाँ योजना दिएकाले नगरबासी आक्रोशित बनेका हुन् । 

नगरपालिकाले समयमा काम सम्पन्न नगर्ने ठेक्केदार तथा कम्पनीलाई कारबाही गर्नुपर्नेमा उल्टै अर्को योजना दिएर काम नगर्नेलाई प्रोत्साहन गरेको नगरबासीको आरोप छ । ठेकेदार सन्तकुमार मेहताले सञ्चालन गरेको निर्माण सेवाले रु २८ लाख लागतमा निर्माण गर्ने भनिएको इनरुवा नगरपालिकाको भवनको निर्माण एक वर्षभित्र सम्पन्न गर्नुपर्नेमा अढाई वर्ष बित्दा पनि काम सम्पन्न नगरेको पाइएको छ । 

काम समयमा सम्पन्न नगर्दा नगरपालिकालाई उक्त भवन सटरबाट मासिक रुपमा रु दुई लाख ५० हजार घाटा भइरहेको स्थानीयको भनाइ छ । भवनको समयमा डिजाइन नमिलेको, झ्याल ढोका, सिसा, ग्रील नलगाएका काराण भाडा लगाउन नपाउँदा रु ३० लाखभन्दा बढी रकम नगरपालिकालाई घाटा भएको स्रोतको दाबी छ । नगरपालिकाले काम समापन गर्न मङ्सिर मसान्तसम्मको समय दिएको इनरुवा नगरपालिकाका एक कर्मचारीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ