२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

११ मंसिर २०७३, शनिबार ११:३५

पूर्णबहादुर खड्का/मङ्सिर ११, बयालपाटा । स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण एक कार्यक्रम आज बयालपाटा अस्पतालमा सम्पन्न भएको छ । 

स्वास्थ्य बिमाको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको थियो । सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको स्वास्थ्य विमा अभिमुखिकरणको आयोजना गरिएको थियो । स्वास्थ्य बिमा कार्यक्रम पहिलो चरणमा कैलाली, बाग्लुगं र ईलाममा सुरु गरिएको थियो । 

दोश्रो चरण अन्र्तगतको स्वास्थ्य विमा कार्यक्रम अब नेपालका २५ जिल्लामा संचालन गर्ने तयारी भईरहेको कार्यक्रममा जानकारी गराईएको थियो । राष्टिय स्वास्थ्य बिमा निति २०७१ अनुसार यस कायक्रमले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्नु यस कार्यक्रमको दिर्घकालिन लक्ष्य रहेको बताईएको छ । 

गुणस्तरिय स्वास्थ्य सेवाको पहँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागी स्वास्थ्य सेवा सुनिश्चित गर्नु यस नितिको मुख्य उदेश्य रहेको छ । अछाम जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागी सदरमुकाम मंगलसेनमा पनि कार्यालय स्थापना गरिएको कार्यक्रमका प्रशिशक्षक पूर्ण थापाले जानकारी दिनुभयो । 

स्वास्थ्य बिमा कार्यक्रमको बारेमा परियोजना म्यानेजर जनक अधिकारी र झपट बोहराले जानकारी गराउनु भएको थियो । सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको स्वास्थ्य विमाको आयोजना तया बयालपाटा अस्पतालको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । 

अस्पतालका मेडिकल निर्देशक डाक्टर विकाश गौचनको अध्यक्षतामा भएको कार्यक्रमको समापन गर्दै उहाँले स्वास्थ्य विमा कार्यक्रमले स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउने भनाई राख्नु भयो । साथै उहाँले यस कार्यक्रमले विकट तथा ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यमा पहँचु पुग्ने भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । आम नागरिक बिरामी पर्दा यस कार्यक्रमले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले कार्यक्रम प्रभावकारी हुनेमा डाक्टर गौचनले विश्वास व्यक्त गर्नुभयो । 

अछाम जिल्लामा पुष महिना पछि कार्यक्रम संचालन गरिने बताईएको छ । सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरको समन्वय तथा सहकार्यमा बयालपाटा अस्पतालमा स्वास्थ्य विमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ८० भन्दा बढीको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला