दान बहादुर बुढा/मङ्सिर ११, मुगु । काठमाडौमा काममा लगाउछौ भन्दै ललाई फगाई गरि बसमा लिदै गरेको अवस्थामा मुगु प्रहरीले आज महिला,बालबालिका तथा युवा युवतीहरुलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/मङ्सिर ११, मुगु । काठमाडौमा काममा लगाउछौ भन्दै ललाई फगाई गरि बसमा लिदै गरेको अवस्थामा मुगु प्रहरीले आज महिला,बालबालिका तथा युवा युवतीहरुलाई "/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पढाई दिन्छु भन्दै काठमाडौँ लाँदै गरेका ९७ मजदुरलाई बाटैबाट उद्दार गरियो

११ मंसिर २०७३, शनिबार १२:०२


दान बहादुर बुढा/मङ्सिर ११, मुगु । काठमाडौमा काममा लगाउछौ भन्दै ललाई फगाई गरि बसमा लिदै गरेको अवस्थामा मुगु प्रहरीले आज महिला,बालबालिका तथा युवा युवतीहरुलाई विच बाटैबाट उदार गरेको छ ।

मुगु जिल्लाका कार्कीवाडा,रुगा रोवा र श्रीनगर गाविसका विभिन्न गाँउहरुबाट काठमाडौ दक्षिणकालिमा रहेको शंकर ईट्टा भेट्टीमा काममा लगाई दिन्छु र बाल बालिका लाई निशुल्कमा पढाई दिन्छौ भनी लगाई फगाई गरि ९७ जनालाई काठमाडौ तर्फ लादै गरेको भन्ने सुचना आधारमा मुगु प्रहरीले सदरमुकाम नजिकै प्रहरी कार्यालय माथीबाट उद्घार गरेको हो ।

प्रहरीका अनुसार ९६ जना मध्य २४ जना १६ बर्ष मुनिका बालबालिका रहेको र गाविस अनुसार हेर्दा श्रीनगरबाट ४२,रोवाबाट ३१,काकीवाडा १७ र रुगाबाट ७ जना लान लागेका थिए ।

ईट्टा भट्टीका नाईके विजौरी गाविस ६ दाङ्ग घर भएको बताउने अन्दाजी ३० बर्षका पुरन पुन मगर र टिका लगाएकी दिदि बताउने स्थानिय सम्पर्कवाली मुगु जिल्ला सेरी ६ बर्ष २९ की ममता घतीलाई प्रहरीले नियन्त्रणमा राखेको छ । 

प्रहरी कार्यालयमा भेटीएका गाँउलेहरुले हिउदमा घरमा कुनै काम नभएको र कारखानामा एक हजार ईट्टा बोकेमा तिन सय र खाना बास र बाल बच्चालाई निशुल्क पढाउने भनेपछि बाल बच्चा र श्रीमती सहित हिडेको बताएका छन ।

नाईके मगरको साथमा कम्पनि र आफनै परिचय खुल्ने कुनै प्रमाण नभेटिएपछि थप अनुसन्धान गर्न दाङ्ग र रुकुम प्रहरीमा बुझन लागीएको हो र महिला तथा बाल बालिकालाई समेत मजदरीका लागी लान खाजेकाले नाईकेलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायव उपरिक्षक सारदा प्रसाद चौधरीले बताउनु भयो ।

मजदुरीमा जान लागेका सबै दलित समुदायका रहेका छन । श्रीनगर १ श्रीनगर गाँउका दलित अगुवा दानसिङ्ग नेपाली मुगुमा रहेको दलित समुदाय गरिब,पिछडिएको भएकाले यिनीहरुलाई फकाउन सजिलो हुने भएकाले पहिलो निसाना दलित समुदाय भएको र घर परिवार पाल्न काम पाईने र बाल बच्चाले सजिलै काठमाडौमा पढन पाईने भएपछि अरु भविष्य कुनै नसोची परिवारै काठमाडौ जान थालेको बताउछन । 

मुगुमा मजदुरी गर्ने कुनै काम नभएपछि बाध्य भएर जस्तो भएपनि काठमाडौ जान राजी भएका दलित परिवारका लागी जिल्लाले सोच्नु पर्ने अवस्था आएको उहाँ बताउनु हुन्छ । 

ईटटा भटटा धनी ललितपुर बुमती घर भएका राजु तुलाधरलाई फोन सम्पर्क गर्दा मुगु बाट नभएर दाङ्गबाट आफुले ५० जना उमेर पुगेका मजदुर ल्याउन ५ लाख दिएपनि मुगुबाट बाल बालिका,महिला समेतलाई ल्याउन र बाल बालिका लाई निशुल्क पढाई दिने बारे आफुले नभनेको बताएकाले हुलका हुल परिवारै लान खोजेकाले झन रहस्यमय बन्दा अनुसन्धान थाल्नु परेको पनि प्रहरी नायव उपरिक्षक चौधरीले बताउनु भयो ।

नाईके मगरले मुगुबाट काठमाडौसम्म प्रति बस १ लाख ५० हजारमा तिन वटा बस रिजर्व गरि लादै गरेका थिए ।

तस्बिर: नागरिक न्युज 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल