१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ मंसिर २०७३, आईतवार ०१:५८

मङ्सिर १२, मोरङ । मोरङको कोसीहरैँचामा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इलाम नगरपालिका–८ का २४ वर्षीय महेश विक रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । 

कोसीहरैँचा–१ स्थित केराबारी–खोसार्ने सडकखण्डमा को१ख १४३६ नंको बसले को२७प ३७७२ नंको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका विकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका ठूलोबुबा सोही ठाउँका ६० वर्षीय गोविन्द विक गम्भीर घाइते भएका छन् । उनकोे विरानगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु