२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा भयानक दुर्घटना, जिप २०० मिटर तलखस्दा ७ जनाको मृत्यु, १८ घाईते

१२ मंसिर २०७३, आईतवार ०२:०८

मंसिर १२, नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटनाहुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक मृतकको सनाखत हुन सकेको छैन् । 


बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । 


पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ । 


मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ