नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दननाथ मन्दीरबाट करोडौ मुल्यका मुर्ति चोरिए, पुजारी नियन्त्रणमा

१२ मंसिर २०७३, आईतवार ०४:४२

नन्दराम जैशी | मंसिर १२ जुम्ला | जुम्ला सदरमुकाममा अवस्थीत गुरु चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती चोरी भएका छन् । हिन्दु धर्मावलम्बी र कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो चन्दननाथ मन्दिरमा रहेका मुर्ति शनिबार राती करीब १ बजेतिर चोरी भएका हुन् । मन्दिर भित्र रहेको भगवान दत्रात्तयको सबैभन्दा ठूलो मुर्ति सहित अन्य स–साना २८ वटा मूर्ति चोरी भएका छन् । चोरी भएका करोडौ मुल्यका मुर्तिमध्य अहिलेसम्म कृष्ण, बौद्ध र महाकाल लगाएत अन्य मुर्तिको नाम सार्बजानिक भएको छ ।   

त्यस्तै रुद्धाक्ष सहितको चाँदिको माला चोरी भएको चन्दननाथ भैरबनाथ गुठि ब्यवस्थापन समितिका अध्यक्ष गौरीनन्द आचार्यले बताउनुभयो । अन्य के कति सामाग्रि चोरी भएको हो भन्ने बिषयमा अहिले मुचुल्का भैरहेको समितिले जनाएको छ । मन्दिरको पूर्ननिर्माण कार्य चलिरहेका बेला मुर्ति चोरी भएपछि स्थानीय वासिन्दा आक्रोशित भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि २० मिटरको दुरीमा रहेको मन्दिरमा चोरी भएपछि प्रशासन र पुजारीको मिलेमतोमा चोरी भएको भन्दै स्थानीयहरुले प्रहरी र प्रशासन विरुद्ध नाराबाजी समेत गरिरहेका छन् । मन्दीरका पुजारी त्यहि रहेको समयमा अन्य कुनै सामाग्रि नहल्लीने गरी छानि छानि बहुमुल्य मुर्ति चोरी भएको भन्दै स्थानिय आक्रोसमा आएर नाराबाजि गरीरहेका छन् ।    


प्रशासनको छेउमा रहेर पनि सुरक्षा दिन नसकेको भन्दै सर्वसाधारणहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । मन्दिर परिसरमा जम्मा भएका स्थानीयहरुले प्रहरी प्रमुख विष्णुहरी काफ्ले र प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितको राजीनामा माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीयलाई मन्दिर परिसरबाट बाहीर जान आग्रह गरिरहेको छ । सर्वसाधारणले अपराधी पत्ता लगाउन नसके प्रहरी र प्रशासनका विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

स्थानीय आक्रोशित भएपछि प्रहरीले भने मन्दिरका पुजारी चन्द्र शैलेश्वर गिरीलाई नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले कसैप्रति चोरीको शंका भएमा तुरुन्त खबर गर्न आग्रह गर्दै अनुसन्धान कार्य जारी रहेको बताउनुभयो । अनुसन्धान कार्यलाई प्रतिकुल पार्ने कुनै कार्य नगर्न स्थानीयलाई समेत उहाले आग्रह गर्नुभएको छ । अहिले प्रहरी र स्थानीयबीच बादविवाद उत्पन्न भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ