२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की जिल्ला अदालतद्वारा दोभाषेको माग

२०७२, १० फाल्गुन सोमबार ०६:५५

kaskiफागुन १०, पोखरा । आफ्नै मातृभाषामा सरकारी कामकाज र पठनपाठन
गर्न पाउनुपर्ने माग भइरहेका बेला कास्की जिल्ला अदालत, पोखराले नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न
नसक्ने मातृभाषीसहित विदेशी मातृभाषी मुद्दाका पक्षका लागि दोभाषेको माग गरेको छ ।
कास्की जिल्ला
अदालतले नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न नसक्ने मुद्दाका पक्ष वा अदालतको आदेशले झिकाइएका अन्य
कुनै व्यक्ति र अदालतले कानुनी सहायता उपलब्ध गराएका वा कोर्टफि तिर्न नसक्ने भनी अदालतले सहुलियत दिएका
पक्षका साक्षी समेतका लागि दोभाषे सेवासम्बन्धी सूचना जारी गरेको हो ।

कास्कीका बोलिने स्थानीय
मातृभाषाहरू गुरुङ, मगर र नेवारीसहित हिन्दी, अंग्रेजी, चिनियाँ, जापानी, फ्रेन्च, जर्मन, स्पेनिश, अरबी
र रसियन भाषा राम्रोसँग मौखिक रूपमा उल्था गर्न सक्ने, लेख्न र बोल्न जान्ने तथा सरकारी कामकाजको भाषा
राम्रोसँग बोल्न र लेख्न जान्ने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा दोभाषेका लागि
निवेदन दिन अदालतले आग्रह गरेको छ । अदालतको कारबाहीका लागि दोभाषेको प्रयोगसम्बन्धी निर्देशिका, २०७२
को अधीनमा रही सो मा व्यवस्था भएको पारिश्रमिक समेत पाउने गरी दोभाषेहरूको सूची तयार पार्नका लागि
योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई निवेदन दिनका लागि सूचना जारी गरिएको हो ।


– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल