१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की जिल्ला अदालतद्वारा दोभाषेको माग

१० फाल्गुन २०७२, सोमबार ०६:५५

kaskiफागुन १०, पोखरा । आफ्नै मातृभाषामा सरकारी कामकाज र पठनपाठन
गर्न पाउनुपर्ने माग भइरहेका बेला कास्की जिल्ला अदालत, पोखराले नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न
नसक्ने मातृभाषीसहित विदेशी मातृभाषी मुद्दाका पक्षका लागि दोभाषेको माग गरेको छ ।
कास्की जिल्ला
अदालतले नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न नसक्ने मुद्दाका पक्ष वा अदालतको आदेशले झिकाइएका अन्य
कुनै व्यक्ति र अदालतले कानुनी सहायता उपलब्ध गराएका वा कोर्टफि तिर्न नसक्ने भनी अदालतले सहुलियत दिएका
पक्षका साक्षी समेतका लागि दोभाषे सेवासम्बन्धी सूचना जारी गरेको हो ।

कास्कीका बोलिने स्थानीय
मातृभाषाहरू गुरुङ, मगर र नेवारीसहित हिन्दी, अंग्रेजी, चिनियाँ, जापानी, फ्रेन्च, जर्मन, स्पेनिश, अरबी
र रसियन भाषा राम्रोसँग मौखिक रूपमा उल्था गर्न सक्ने, लेख्न र बोल्न जान्ने तथा सरकारी कामकाजको भाषा
राम्रोसँग बोल्न र लेख्न जान्ने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा दोभाषेका लागि
निवेदन दिन अदालतले आग्रह गरेको छ । अदालतको कारबाहीका लागि दोभाषेको प्रयोगसम्बन्धी निर्देशिका, २०७२
को अधीनमा रही सो मा व्यवस्था भएको पारिश्रमिक समेत पाउने गरी दोभाषेहरूको सूची तयार पार्नका लागि
योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई निवेदन दिनका लागि सूचना जारी गरिएको हो ।


– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का