2026-10-03 03:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किसानको आक्रोश संसद्सम्म

फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्‍याउने डर छ ।

प्रहरीले अगाडि–पछाडि सुरक्षा दिएर ट्रयाक्टरहरू चलाइएका कारण च्याम्प्स–एलिसीजसहित पेरिसका ठूला सडकमा सवारी आवागमन ढिलो भयो र भिडको समयमा ट्राफिक जाम भएको थियो । पछि ती ट्रयाक्टरहरू सेन नदी पार गर्दै राष्ट्रिय सभा भवनसम्म पुगेका थिए ।

फ्रान्ससहित अन्य युरोपेली मुलुकहरूमा पनि किसानहरूको असन्तोष पछिल्ला महिनाहरूमा तीव्र हुँदै गएको छ । बढ्दो उत्पादन लागत, घट्दो आम्दानी, कडा वातावरणीय नियम र अन्तर्राष्ट्रिय व्यापार सम्झौताका कारण किसानहरू थप दबाबमा परेको उनीहरूको गुनासो छ । मङ्गलबारको प्रदर्शनको नेतृत्व गरिरहेका किसान युनियनहरूले फ्रान्सको खाद्य सुरक्षाको रक्षा गर्न सरकारबाट ‘ठोस र तत्काल कदम’ चाल्न माग गरेका छन् ।

फ्रान्सेली सरकारकी प्रवक्ता मौड ब्रेजनले मङ्गलबार टिएफ–१ टेलिभिजनसँग कुरा गर्दै सरकारले किसानहरूको अवस्थालाई ध्यानमा राख्दै चाँडै नयाँ सहयोगसम्बन्धी घोषणाहरू गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति इमानुएल म्याक्रोन र उहाँको सरकारले इयु र दक्षिण अमेरिकी मर्कोसुर समूहबीचको व्यापार सम्झौताको विरोध गर्दै आएको छ । यद्यपि, अधिकांश इयु सदस्य राष्ट्रहरूको समर्थनका कारण उक्त सम्झौता शनिबार पाराग्वेमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

युरोपेली किसानहरूले लामो समयदेखि ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पाराग्वे र उरुग्वेलगायत मर्कोसुर राष्ट्रहरूसँगको व्यापार सम्झौताको आलोचना गर्दै आएका छन् । उनीहरूको भनाइमा यस्तो सम्झौताले युरोपेली बजारमा सस्तो आयातको बाढी ल्याएर स्थानीय किसानहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउनेछ र कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा क्षति पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने