धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको "/>
२०८२, १० चैत्र मंगलवार
डडेलधुरा - DDL

डडेल्धुराका सामुदायिक अनमीद्धारा पारिश्रमिक नपाएको गुनासो

२०७३, १२ मंसिर आईतवार १५:५३

धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा मार्फत जिल्लाभर सञ्चालन गरिएको सामुदायिक अनमि कार्यक्रममा कार्यरत सामुदायिक अनमीहरुले कार्यक्रम सकिएकै ६ महिना बितिसक्दा समेत आफुहरुले गत असार महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका हुन । ‘समुदायको घरघरमा गई सेवा दियौ त्यही तलबको भरमा घर खर्च चल्थ्यो कार्यक्रम नै सकिएको ६ महिना हुन लाग्यो तलब आउने शुरशार नै छैन ।’ भागेश्वरकी सामुदायिक अनमी गौरी चन्दको गुनासो छ । ‘श्रीमान बिरामी छन कमाउने. एक्लै हु त्यही एक महिनाको तलब बाटै भएनी केही राहत हुन्थ्यो छोरालाई पढाउन सहयोग पुग्थ्यो’  यस्तै गुनासो एक नाम खुलाउन नचाहने अर्की अनमीको छ । ‘
    
       आफ्नो घर देखि टाढाको समुदायहरुमा सेवा ग¥यौ त्यही नौकरीका लागि आफ्न्तबाट टाढियौ अहिले आएर त्यही तलब पनि पाएनौ ।’ दातृनिकायबाट रकम निकासा भइसकेको अबस्थामा पनि जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले तलब बितरणमा हेलचक्राइ गरेको सामुदायिक अनमीहरुको गुनासो छ । डडेल्धुरा जिल्लामा मात्रै सञ्चालित सामुदायिक अनमी कार्यक्रम अन्तर्गत रही सामुदायिक अनमीहरुले जिल्लाका २ नगरपालिका र १८ गाबिसभर बिभिन्न स्वास्थ्य सेवा प्रदान गर्न सघाएका थिए । डडेल्धुरा जिल्लामा कार्यरत ६० जना अनमीहरुको १ महिनाको पारिश्रमिक ९ लाख रकम हुन आँउछ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका पब्लिक हेल्थ नर्सिङ पार्वती बिष्टका अनुसार बिभिन्न कारणहरुबस उनीहरुको तलब रोकिएको र अबको केहि समयभित्रै पारिश्रमिक उपलब्ध गराइने बताइएको छ । दशै पछि मात्रै तलब निकासा भएको र लेखा अधिकृत तालिमका लागि अन्यत्र गएकाले निकासा गर्न नसकिएको भन्दै उनी आए लगत्तै छिट्टै भुक्तानी गर्ने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमूख बिर बहादुर शाहिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन