धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको "/>
२३ मंसिर २०८२, सोमबार
डडेलधुरा - DDL

डडेल्धुराका सामुदायिक अनमीद्धारा पारिश्रमिक नपाएको गुनासो

१२ मंसिर २०७३, आईतवार १५:५३

धुर्व बिष्ट/१२ मंसिर,डडेल्धुरा । डडेल्धुराका सामुदायिक अनमीहरुले कार्यक्रम सकिएको ६ महिना हुनै लाग्दा समेत आफ्नो १ महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका छन । युनिसेफको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा मार्फत जिल्लाभर सञ्चालन गरिएको सामुदायिक अनमि कार्यक्रममा कार्यरत सामुदायिक अनमीहरुले कार्यक्रम सकिएकै ६ महिना बितिसक्दा समेत आफुहरुले गत असार महिनाको पारिश्रमिक नपाएको गुनासो गरेका हुन । ‘समुदायको घरघरमा गई सेवा दियौ त्यही तलबको भरमा घर खर्च चल्थ्यो कार्यक्रम नै सकिएको ६ महिना हुन लाग्यो तलब आउने शुरशार नै छैन ।’ भागेश्वरकी सामुदायिक अनमी गौरी चन्दको गुनासो छ । ‘श्रीमान बिरामी छन कमाउने. एक्लै हु त्यही एक महिनाको तलब बाटै भएनी केही राहत हुन्थ्यो छोरालाई पढाउन सहयोग पुग्थ्यो’  यस्तै गुनासो एक नाम खुलाउन नचाहने अर्की अनमीको छ । ‘
    
       आफ्नो घर देखि टाढाको समुदायहरुमा सेवा ग¥यौ त्यही नौकरीका लागि आफ्न्तबाट टाढियौ अहिले आएर त्यही तलब पनि पाएनौ ।’ दातृनिकायबाट रकम निकासा भइसकेको अबस्थामा पनि जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले तलब बितरणमा हेलचक्राइ गरेको सामुदायिक अनमीहरुको गुनासो छ । डडेल्धुरा जिल्लामा मात्रै सञ्चालित सामुदायिक अनमी कार्यक्रम अन्तर्गत रही सामुदायिक अनमीहरुले जिल्लाका २ नगरपालिका र १८ गाबिसभर बिभिन्न स्वास्थ्य सेवा प्रदान गर्न सघाएका थिए । डडेल्धुरा जिल्लामा कार्यरत ६० जना अनमीहरुको १ महिनाको पारिश्रमिक ९ लाख रकम हुन आँउछ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका पब्लिक हेल्थ नर्सिङ पार्वती बिष्टका अनुसार बिभिन्न कारणहरुबस उनीहरुको तलब रोकिएको र अबको केहि समयभित्रै पारिश्रमिक उपलब्ध गराइने बताइएको छ । दशै पछि मात्रै तलब निकासा भएको र लेखा अधिकृत तालिमका लागि अन्यत्र गएकाले निकासा गर्न नसकिएको भन्दै उनी आए लगत्तै छिट्टै भुक्तानी गर्ने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमूख बिर बहादुर शाहिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो