मङ्सिर १३, पाँचथर । गाविसको भवन नभएको फलैँचा गाविसका आदिवासी जनजातिले चारकोठे भवन निर्माण गरिदिएका छन् ।
गाविसबाट विनियोजन हुने लक्षित वर्गअन्तर्गतको आदिवासी जनजाति शीर्षकको बजेटबाट सो भवन निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ फलैँचाका अध्यक्ष एलबी बेघाले बताउनुभयो ।
चार कोठे उक्त भवनको छत ढलानको काम सम्पन्न भएको र प्लास्टर गर्ने काम बाँकी रहेको अध्यक्ष बेघाले जानकारी दिनुभयो । रु २२ लाख अनुमानित लागत रहे पनि सो भवन बनाउन स्थानीय आदिवासी जनजातिको श्रमदानबाट रु छ लाखमै ठेक्का दिई काम सम्पन्न हुन लागेको उहाँको भनाइ छ । रासस