१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

९२ वर्षीय वृद्ध साइकलमा हाट बजार गर्दा सबै चकित

१३ मंसिर २०७३, सोमबार ०३:३५

मङ्सिर १३, मोरङ । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । 

अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ । तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाउनु भएको छ । आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्नु हुन्छ । 

उहाँ साइकल चढेर हाट बजार गर्नुहुन्छ । उहाँले २५ वर्षको उमेरमा साइकल चढ्नुभएको हो । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उहाँलाई घर परिवारले आग्रह गर्छन् । तर उहाँ मान्नु हुन्न । 

गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्नुहुन्छ उहाँ । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु, उहाँले भन्नुभयो । 

सुनामका अनुसार “साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ ।” साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ “सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।” 

भोजपुर खावा–३ मा जन्मिनुभएका सुनाम २०३५ सालमा उर्लाबारी झर्नुभएको थियो । सकुञ्जेल साइकल कुदाइरहने उहाँको भनाइ छ । “साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मदत गर्छ, उहाँले भन्नुभयो । हालसम्म उहाँले एक दर्जन साइकल फेरिसक्नु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल