मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।
    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।
    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति "/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आलोपालोको आधारमा शान्ति समितिको संयोजक चयन

१३ मंसिर २०७३, सोमबार ०५:१५

मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।
    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति समितिको संयोजक बनेका छन् ।
आइतबार शान्ति समितिमा बसेको बैठकले पुरानो  राजनीतिक दलहरुको आलोपालो संयोजक बन्नने शर्त अनुसार आगामी तीन महिनाको लागि आचार्य संयोजकमा चयन भएका हो ।
स्थानीय शान्ति समितिको संयोजकको पद अवधी ६ महिनाको हुने भएता पनि   राजनीतिक दलहरु विच सहमति जुट्न नसकेपछि ३÷३ महिनाको आलोपालो प्रणालीबाट उनलाई संयोजकको जिम्मा दिइएको हो । उनपछि पत्रकार महासंघको तर्फबाट गणेश पौडेल र द्वन्द्व पीडितकोे तर्फबाट मनरुपा शर्मा संयोजक हुनेछिन् । माओवादी केन्द्रका पुण्यप्रसाद आचार्यले भने संयोजकमा दाबी नगरेको बु्झिएको छ ।
    सोमलाल आचार्यलाई स्थानीय शान्ति समिति पर्वतको संयोजक चयन गरेसँगै शान्ति समिति पर्वतले आगामी कार्यक्रमको लागि ७ वटा कार्यक्रमहरुको सूची मन्त्रालयमा पठाएको छ ।
    जसमा जिल्लामा शान्ति समिति गठन गर्नको लागि बाँकी रहेका ६ गाविस शालिजा, भंगरा, पाखापानी, बालाकोट, होश्राङदी र बहाकीमा स्थानीय शान्तिसमिति गठनको लागि मन्त्रालयमा पेश     गरेको छ । यी ६ वटा गाविसमा शान्ति समिति गठन भए जिल्लाको १ नगरपालिका सहित ४७ गाविसमा शान्ति समिति गठन हुनेछ ।त्यस्तै शान्ति समितिले द्वन्द्व पीडित पुर्ननिर्माणको लागि १ लाख माग गरेको छ । पुर्ननिर्माणको लागि तथा द्वन्द्व पीडित व्यवस्थापनको लागि सिप मुलक तालिमको लागि उक्त माग पेश गरिएको हो ।पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा स्टल बुकिङ गरी शान्ति समितिका गतिविधि प्रदर्शन गर्नको लागि ६० हजार, सुचना प्रचार तथा प्रसारणका लागि २० हजार, शान्ति समितिका गतिविधि तथा शान्ति स्थापनाका लागि योगदान पु¥याउने पत्रकार र सम्बन्धीत मिडियालाई पुरस्कार स्वरुप २ हजार विनियोज गरेको छ । त्यस्तै संक्रमणकालिन न्याय द्वन्द्व व्यवस्थापन तालिमको लागि १ लाख स्वीकृतको लागि माग   गरेको छ । उक्त तालिम २ दिने हुने र तालिममा शान्ति समितिका पदाधिकारी र अघिल्लो आवमा जिल्लामा गठन भएका ८ गाविसका संयोजक सहभागी रहने स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।मन्त्रालयमा पेश गरेका सात वटा माग पास भएर आएमा तिब्र रुपमा काम गर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति