१३ पर्वत । जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै पर्वतमा चौथो कफि, लप्सी तथा सुन्तला महोत्सव आयोजना         गरियो ।
    दुइ बर्ष अगाडि पुस ७ देखि १३ गतेसम्म चलेको उक्त महोत्सवको आयव्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ पर्वत । जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै पर्वतमा चौथो कफि, लप्सी तथा सुन्तला महोत्सव आयोजना         गरियो ।
    दुइ बर्ष अगाडि पुस ७ देखि १३ गतेसम्म चलेको उक्त महोत्सवको आयव्"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुइ बर्षसम्म सार्वजानिक भएन कलसु महोत्सवको आयव्यय

२०७३, १३ मंसिर सोमबार ०५:२४

१३ पर्वत । जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै पर्वतमा चौथो कफि, लप्सी तथा सुन्तला महोत्सव आयोजना         गरियो ।
    दुइ बर्ष अगाडि पुस ७ देखि १३ गतेसम्म चलेको उक्त महोत्सवको आयव्यय अझसम्म पनि आयोजकले सार्वजानिक गर्न सकेको छैन । महोत्सवको आयोजना गर्ने तर आयव्यय सार्वजानिक नगर्ने जिल्लामा संस्कारनै छ ।
    महोत्सवका आयोजकमा ८ र सहआयोजकमा १२ वटा संस्थाहरु थिए । पाँच दिन सम्म संचालन भएकोे उक्त महोत्सवमा ३० लाख रुपैया आम्दानी हुने अनुमान गरिएको थियो भने खर्च २६ लाख हुने र बाँकी ४ लाख लघुउद्यमको विकासको लागि खर्च गर्ने बताइएको थियो ।
     महोत्सव भएको २÷२ बर्ष पुग्दा पनि महोत्सवको आयव्यय सार्वजानिकरण गर्नको लागि आनकानी गर्ने आयोजकले महोत्सवमा ठूलै लुट मच्चाएको देखिन्छ ।
    घरेलु तथा साना उद्योग महासंघ पर्वतको आयोजना तथा जिल्ला विकास समितिको सहआयोजनामा संचालन भएको कफि, लप्सी तथा सुन्तला (कलसु) महोत्सवको दुइ वर्षसम्म पनि आयव्यय सार्वजानिक नहुनुले जिल्लामा शुरु हुन लागेको अर्को पाँचौ पर्वत महोत्सवलाई समेत असर पार्ने देखिन्छ । कतै पर्वत महोत्सवमा पनि कलसु महोत्सवको जस्तो लुट मच्चिने त हैन भन्ने आम जनमासमा पर्न थालेको छ ।
    महोत्सवको आयोजना गर्ने दिनभर दर्शकसँग टिकटबाट पैसा उठाउने र साँझ परेपछि भट्टिमा रहेको आरोप लागेको उक्त महोत्सव आयोजकले दुई बर्षसम्म पनि महोत्सवको आयव्यय सार्वजानिक नगर्नुले महोत्सवमा ठूलै घोटला भएको सकेत गरेको छ ।
    लघु उद्यमको विकास र प्रर्वद्धनको लागि संचालन       गरिएको उक्त महोत्सवमा स्थानीय सुन्तला कृषक, तथा लघुउद्यमीलाई समेत समेट्न नसकेको आरोप लागेको थियो । लघु उद्यमीको नाममा महोत्सवको आयोजना     गरी त्यसको आयव्यय सार्वजानिकरण गर्न नसक्नुले महोत्सवमा रकमको हिनाविना भएको पुष्टि गरेको छ ।
     घरेलु उद्योग मासंघका तत्कालिन अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक  शिवप्रसाद शर्माले आफुहरुले आफ्नो संस्थाको साधरणसभामा सार्वजानिकरण गरेको दाबी गरे । “ महोत्सवमा खासै आम्दानी भएको थिएन,साधरणसभाको मिटिङमा एक बर्ष अगाडिनै संस्थाका पदाधिकारीहहरु विच     सार्वजानिकरण गरिएको हो” उनले भने ।
    साधरणसभमा आयव्यय सार्वजानिकरण गरेतथा पनि केकति आम्दानी र खर्च भएको सोको बारेमा भने उनले खुलाउन सकेनन् । जिल्लामा रहेका लघु उद्यम विकासको नाम पारी आयोजना     गरेको महोत्सव आयोजकका नाइकेलाई मागी खाने सजह माध्यम बनेको देखिन्छ ।
    सहआयोजकमा रहेको जिल्ला कृषि कार्यालयले आफुलाई त्यसको बारेमा केहि जानकार नभएको बताएको छ । कृषि कार्यालयका प्रमुख बासुदेव रेग्मीले  महोत्सवमा कृषि मेला प्रदर्शनमा २४ हजार ४ सय खर्च भएको तर त्यो बाहेक अरु आफ्ुलाई जानकार नभएको बताए ।
    कृषि प्रदर्शनीमा उत्कृष्ठ हुनेलाई १७ हजार ५ सय पुरस्कार प्रदान गरिएको र ७ हजार कृषि मेला राखे बापत आयोजक समितिलाई ७ हजार दिएको       रेग्मीको तर्क छ । त्यो बाहेक अरु आयव्यय के कति भयो       भन्नेबारेमा आफुलाई जानकार नभएको उनको तर्क छ ।
    धौलागिरी कफि व्यवसायी संघका अध्यक्ष भवानी प्रसाद शर्माले लघु उद्यमीको नाममा जनतालाई लुटेर खाने काम भएको आरोप लगाए । महोत्सवमा कफिको लोगो झुण्डाइएको तर कफि प्रर्वद्धनमा भन्दा पनि अन्य कुरामा जोड दिएको बताए  । आयव्यय सार्वजानिकरण नगरिक लुटेर खाने  काम भएको भन्दै उनले आक्रोश पोखे । महोत्सवमा के कति खर्च र आम्दानी भयो त्यसको कुनै लेखाजोखा नभएको उनको तर्क     छ ।
    पर्वत जिल्लाका गाउँ गाउँमा रहेका साना उद्यमीहरुद्धारा उत्पादित सुन्तला, मह, कफि, लप्सी, अदुवा आदिका परिकार, ढाका, अल्लो, वाँस निगालो, काठ तथा धातुका सामान र अर्गानिक कृषि उत्पादनहरु प्रदर्शन गरिने बताएता पनि महोत्सवमा चाइनिज सामाग्रीहरुको स्टल बढी देखिन्थ्यो भने लघुउद्यमीले उत्पादन गरेको बस्तु रातको समयमा चोरी तथा विक्रि हुन नसकेपछि कुहिएर फाल्नु परेको अबस्था समेत थियो ।
    महोत्सवको हिंस्सा बनेको धौलागिरी कफि व्यवासय संघ महोत्सव आयोजक समितिले दुरव्यवहार गरेको भन्दै महोत्सव संचालन भएको भोटिपल्टै रुष्ट भएको थियो ।
    जिल्लामा बसेर उद्यम गर्दै आएका लघुउद्यमीहरुको संख्या महोत्सवमा न्युन देखिएको थियो ।         कफी संघले महोत्सवमा आएका अतिथिहरुको लागि कफि पिलाउने व्यवस्था गरेको भएपनि आयोजक पक्षले कुनै रुचि देखाएको थिएन । कफी संघले आफुहरुले बनाएको कफि त्यसै खेर गएको भनी दुखेसो पोखेको थियो ।
     लस्सी विक्रि गर्न ल्याएका झाँक्रीसल्ला लप्सी उत्पादन समुहका कृषकहरुको लप्सी, अल्लोको धागो, खाजाघर संचालन गर्ने उद्यमीको मासु लगाएतका सामग्रीहरु महोत्सवको पहिलो दिनमानै चोर भएको थियो । लघु उद्यमको नाममा आयोजना गरेको महोत्सव लघुउद्यममुखि भन्दा पनि केहि व्यक्तिमुखि भएको आरोप लागेको थियो । दुइ बर्ष पुग्दा पनि त्यसको आयव्यय सार्वजानिक नहुनुले थप पुष्टि गरेको छ ।
    कुश्मा बजारमा कलसु महोत्सवको आयोजना भइरहदाँ देउपुरे सुन्तला कृषकहरुले महोत्सवको बारेमा कुनै      जानकारी पाउन सकेका थिएनन् । उनीहरुलाई महोत्सव कुन      चरीको नाम हो भन्ने नै थाहा भएन । उघुउद्यमी भन्दा पनि कलाकार र स्थानीय केही होटल व्यावसायीहरु मटाउनलाई महोत्सवको आयोजना गरिए जस्तो भएको उद्यमीहरुको आरोप रहेको थियो ।
    पर्वतम महोत्सवमा कलसु आयोजक आर्थिक संयोजक उपसमिति र स्टल बुकिङका उपसंयोजकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन