२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागीबाट पीडितका लागि सहयोग संकलन गरिने

२०७३, १४ मंसिर मंगलवार ०७:११

मङ्सिर १४, काठमाडौँ । भोजपुरे सेवा समाज काठमाडौँको सोमबार यहाँ बसेको बैठकले भोजपुर सदरमुकामस्थित भोटेपसलमा हालै भएको आगलागीबाट पीडितका लागि सहयोग संकलन गर्ने निर्णय गरेको छ । 

समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको अध्यक्षतामा बसेको समाजको आकस्मिक बैठकले काठमाडौँमा बसोबास गरिरहेका भोजपुरेलगायत शुभेच्छुक महानुभावबाट सहयोग सङ्कलन गर्नुका साथै सरकारीस्तरमा पनि पहल गर्ने निर्णय गरेको छ । 

बैठकमा सांसदहरु लक्ष्मी राई, जयन्ती राई, राष्ट्रपतिका अर्थविद् धनहर्क राई, नेकपा (एमाले) केन्द्रीय सदस्य राजेन्द्र राई, वैकल्पिक केन्द्रीय सदस्य हरि राई, भोजपुर जिविसका पूर्व सभापति शान्त प्रधान, समाजको परिषद अध्यक्ष दयाकृष्ण न्यौपानेलगायतको उपस्थिति थियो । 

बैठकमा सहभागीले आगलागी पीडितलाई तत्कालका समस्या समाधानका लागि सहयोग गर्नुका साथै दीर्घकालका लागि पनि सरकारसंग पहल गर्नुपर्ने धारणा राख्नुभयो । यही मङ्सिर ५ गते भएको आगलागीमा १० घर जलेर नष्ट हुनुका साथै करोडौँको धनमाल क्षति भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा