२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० जना बिजुली चोर प्रहरी फन्दामा

२०७३, १४ मंसिर मंगलवार ०९:१६

मङ्सिर १४, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३/७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ । 

दोषीबाट करिब रु २७ लाख राजस्व समेत असुल भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त अनुगमन टोलीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताउनुभयो । 

प्राधिकरण राजविराजका अनुसार विद्युत् चोरी गर्नेको साथबाट विद्युत्का विभिन्न उपकरण सामग्री समेत बरामद गरिएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान आज पनि जारी नै छ । 

प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म करिब पाँच हजार घरधुरीमा लगाइएको विद्युत् हटाएको प्रमुख साहले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ५३ हजार भन्दा बढी घरमा विद्युत् मिटर जडान गरिएको प्राधिकरणले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा