मङ्सिर १५, काठमाडौँ । मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १५, काठमाडौँ । मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण ब"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेढ किलो कोकिनसहित दुई मलेसियाली नागरिक पक्राउ

१५ मंसिर २०७३, बुधबार १२:१२

मङ्सिर १५, काठमाडौँ । मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले उनीलाई मङ्गलबार चाक्सीबारीस्थित एक होटलबाट पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले सो कोकिन ब्राजिलबाट युएई हुँदै काठमाडौँ ल्याइएको जानकारी दिए । 

काठमाडौँबाट सो कोकिन हङकङ पठाउने र त्यहाँ ‘म्याक्स’ नामका व्यक्तिले सो कोकिन लिने तयारी रहेको प्रहरीले जनाएको छ । जोसेफले सो कोकिन ल्याएर काठमाडौँमा राजनलाई दिन लागेको अवस्थामा ब्युरोले पक्राउ गरेको हो । भारतीय मुलकी जोसेफले कोकिन नेपाल ल्याएबापत खर्चबाहेकको पाँच सय डलर पाउने प्रलोभनमा सो कार्य गरेको प्रहरीलाई बयान दिएकी छन् । 

त्यस्तै राजनले सो कोकिन हङकङ पु¥याएबापत दुई हजार मलेसियन रिङ्गेट अर्थात रु ५६ हजार पाउने प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्यादथप गरी अनुसन्धान भइरहेको छ । बरामद कोकिनको अनुमानित बजार मूल्य रु तीन करोड रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ