मङ्सिर १५, भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १५, भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ ।&nb"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरका इँटा भट्टाबाट बालश्रमिकको उद्धार, एक पक्राउ

१५ मंसिर २०७३, बुधबार १२:२७

मङ्सिर १५, भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट छ जना बालश्रमिकको उद्धार गरिएको छ भने एक जना यहाँका नाइकेलाई पक्राउ गरिएको छ । 

इँटा भट्टामा बालश्रमिकका रुपमा कार्यरत रोल्पा जुगार–५ घर भएका १४ वर्षीय थमन परियार, सोही ठाउँका १४ वर्षीय गणेश परियार, १४ वर्षीया मिनु परियार, १५ वर्षीय दिनु परियार, १२ वर्षीया सुष्मा परियार, रोल्पा गैरीगाउँ– ५ का १६ वर्षीय शिवराज घर्तीको उद्धार गरिएको हो । 

भट्टाका नाइके रोल्पा जिल्ला जगार–५ स्थायी घर भएका लोकबहादुर नेपालीले बालबालिकाको परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ल्याएर इँटा भट्टामा श्रममा लगाउने गरेको पाइएपछि भक्तपुर प्रहरीले नेपालीलाई पक्राउ गरेको छ । 

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा महानगरीय प्रहरी परिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महिला विकास कार्यालय भक्तपुर, मानव अधिकारसँग सम्बन्धित निकायका प्रतिनिधिसहितको रोहवरमा ती बालबालिकाको उद्धार गरिएको हो । 

गाउँमा परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ललाइफकाइ गरेर इँटा भट्टा सञ्चालकसँग बढी रकम लिएर बालबालिका श्रममा लगाउने गरेको पाइएको केन्द्रका सन्तोष पोखरेलले जानकारी दिनुभयो । 

बालबालिकाका परिवारले प्रहरी र केन्द्रमा आफ्ना छोराछोरी हराएको उजुरी गरेपछि खोजी गर्नेक्रममा इँटा भट्टामा बालश्रमिकका रुपमा राखेको पाइएको केन्द्रले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिकालाई उनीहरुको परिवारको जिम्मा लगाइने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ