मंसिर १७, काठमाण्डौ ।  महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित भन्ने नारा सहित एक्सनएड नेपालले राजधानीमा चौथो राष्ट्रिय महिला सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १७, काठमाण्डौ ।  महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित भन्ने नारा सहित एक्सनएड नेपालले राजधानीमा चौथो राष्ट्रिय महिला सम्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न

१७ मंसिर २०७३, शुक्रबार ०५:४५


मंसिर १७, काठमाण्डौ ।  महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित भन्ने नारा सहित एक्सनएड नेपालले राजधानीमा चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न गरेको छ । 

सम्मेलनमा वोल्दै महिला, वालवालिका, जेष्ठ नागरीक तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले महिलाको दृष्टिकोणवाट नागरिकताको प्रावधान विभेदकारी भएकोले त्यसलाई सच्याउने पर्ने बताए । 

महिला, वालवालिका तथा जेष्ठ नागरिकका अधिकारलाई संस्थागत गर्न विद्यमान नीति, नियम अप्रयाप्त भएकाले नयाँ नीति, नियम तथा कानुन वनाउनु पर्ने उनको जिकिर थियो । कार्यक्रममा वोल्दै महिला हिंसालाई अन्त्य गर्नका लागि महिला र पुरुष विचको शक्ति सम्बन्धलाई फेर्नु पर्ने महिला अधिकारकर्मी आरती चटौतका दावी थियो । 

त्यस्तै महिला अधिकारकर्मी मालती मास्केले पितृसतात्मक साँेच र व्यवहारको कारणले महिलाहरु अधिकारवाट वञ्चित भएको र उक्त सोच र व्यवहारलाई रुपान्तरण गर्न महिला मात्र नभएर पुरुषहरु पनि संग्लग्न हुन पर्नेे जिकिर थियो । 

महिला हिंसा अन्त्य गर्नका लागि समाजमा रहेको अन्यायापुर्ण सम्बन्धलाई फेर्नु पर्ने एक्सनऐड नेपालका राष्ट्रि निर्देशक विमल कुमार फुँयालको भनाई थियो । एक अर्को प्रसङ्गमा गरीवी जस्ताको तस्तै राखेर, विद्यमान अन्यायपुर्ण परिवेशलाई नफेरिकन महिला मुक्ति सम्भाव नहुनेमा उनको भनाई थियो । 


२ दिन सम्म चलेको सम्मेलनमा जनमुखी दीगो विकास र महिला अधिकारका बारे कार्यपत्र प्रस्तुती भएको थियो । सम्मेलनमा ४० जिल्लाका करिव १५० जना सहभागीहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानियस्तरमा महिलाहरुले भोगीरहेका चुनौती, उनीहरुका सिकाई तथा सामधानका उपायहरुको सम्बन्धमा सहभागीहरुले आफ्ना भनाईहरु राखेका थिए । युथ एड्भोकेसी नेपाल, राष्ट्रिय महिला अधिकार मंच, होमनेट नेपाल लगायतका संघ संस्थाहरुको सहकार्यमा मंसिर १४ र १५ गते उक्त सम्मेलनको आयोजना भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ