मङ्सिर १८, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १८, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक"/>

2026-07-09 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला दलले सडकमा टायर बाल्ने होइनः राज्यमन्त्री बानियाँ

2016-12-03


मङ्सिर १८, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल गर्नु पर्ने बताएका छन् ।

राज्यमन्त्री बानियाँले नेपाली काँग्रेस मकवानपुरद्वारा आज उनको सम्मानमा आयोजित एक स्वागत कार्यक्रममा राष्ट्रमा अहिले संविधानको कार्यान्वयनलाई चुनौती थपिएको बेलामा प्रमुख दलहरूले जिम्मेवारीपूर्वक आफ्ना भनाइ प्रस्तुत गर्न सक्नुपर्ने बताए । 

उनले मुलुकको राष्ट्र अखण्डतालाई बलियो बनाउँदै अब संविधान कार्यान्वयन गरी स्थानीय निर्वाचन गराउने तर्फ दलहरू जुट्नुपर्ने आवश्यकता औँल्याए ।

राज्यमन्त्री बानियाँले मकवानपुरगढी, चिसापानीगढी र सीमभञ्याङ् र दामन पर्यटन विकासका लागि गुरुयोजना लागू गरी पर्यटन विकासलाई थप विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो