नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्त"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूर्ति चोरी घटना रहस्यमय, मन्दिरभित्रै ७ मूर्ति भेटिए, सानो मूर्तिसहित एक जना पक्राउ

२०७३, १९ मंसिर आईतवार ०३:१२


नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरीएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये शनिबार सातवटा मूर्ति फेला परेपछि उक्त मूर्ति मन्दिरबाट चोरिएकै थिएनन् वा चोरले पछि ल्याएर राखिदिएको हो भन्ने बिषयमा स्थानीयले सत्य तथ्य बिवरण सार्वजानिक गर्न आग्रह गरेका छन् । 

मंसिर ११ गते राती हराएका भनिएको घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ । सो मुचुल्का मा ६ सय १ सालमा बनेको दत्तात्रय सहितका २८ मूर्ति हराएको देखाइएको छ ।   

तर, घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मूर्ति हराएको उल्लेख छ । 

यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका हुन् । मूर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरक फरक विवरण उल्लेख भएपछि स्थानीय आश्चार्यमा परेका छन् । अनुसन्धान जारी रहेकोले घटनाको बिषयमा बिस्तारै जानकारी गराइने सिआइबीले जनाएको छ ।    

 चोरी भएको सानो मूर्ति सहित एक जना पक्राउ 

 जसमा चोरी भएको सानो मूर्ति सहित जुम्ला तातोपानी राँका गाउँका सतिबिरा कठायतलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

वर्ष ३५ का कठायतलाई चन्दननाथ नगरपालिकाको बुढथावाडा गाउँमा सानो मूर्ति सहित प्रहरीले पक्राउ हो । स्थानीयले भनेको हुलीया अनुसार मूर्ति खोज्दा फेला परेको प्रहरीले जनाएको छ । कठायतसँग भएको सानो मूर्ति पुजारीले मन्दिरकै रहेको दावि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा