२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी अनुसन्धानकर्ताद्वारा नेपालमा अर्को भूकम्पको चेतावनी (अनुसन्धानमा के छ ?)

२०७३, २२ मंसिर बुधबार ०६:२४

मंसिर २२, काठमाडौं । गत बर्षको विनाशकारी भूकम्पको पीडा नेपालीले झैँ बिर्सन सकेका छैनन् । भूकम्प बिर्सीनसकेका नेपालीहरुलाई अझै त्रास र सशंकित पार्ने खालको समाचार अन्तराष्ट्रिय संचार माध्यम डेली मेलमा प्रकाशित भएको छ । प्रकाशित समाचारमा विज्ञहरुले नेपालमा अर्को भूकम्पको चेतावनी दिएका छन् ।

डेली मेलका अनुसार बिज्ञहरुको उक्त शोध प्रतिवेदन अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा प्रकाशित भएको छ । 

अमेरिकाको नेवादा विश्वविद्यालयका शोधकर्ता सहितको अन्तराष्ट्रिय अनुसन्धान टोलीले गत वर्षको भुइँचालोपछि काठमाडौं लगायत फल्ट लाइन क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषण गरेको छ । जसको रिपोर्ट अनुसार काठमाडौं तथा हिमालयन फ्रन्टल फल्टमा पर्ने नेपालका अन्य क्षेत्रहरुमा गत वर्षको भन्दा पनि शक्तिशाली भूकम्पको जोखिम छ । 

बिज्ञहरुले स्थलगत अनुसन्धान अनुसा तथा विश्लेषणले के देखाएको छ भने १२४ माइल लामो हिमालयन फ्रन्टल फल्ट यस्तो अवस्थामा छ, जसले ८ रेक्टर स्केल वा सो भन्दा ठूलो म्याग्नेच्युटको भूकम्प पैदा गर्न सक्छ । यसबाट १५ देखि ३० फिट अग्लो दरार पैदा हुन सक्छ ।

शोधकर्ताहरुका अनुसार गत वर्षको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पहरु अझै शक्तिशाली भुइँचालो आउन सक्ने खतराका संकेत हुन् । उनीहरुको शोध प्रतिवेदन अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा प्रकाशित भएको छ ।

शोधकर्ताहरुले त्रिवेणी र वागमती क्षेत्रको जमिनमा दुई गहिरो प्वाल खोपेर संरचनात्मक र रेडियोकार्वन सम्बन्धमा अध्ययन गर्नुका साथै फल्ट एरियामा चट्टान तथा माटोको पत्रहरुको समेत अनुसन्धान गरेका थिए | त्यसक्रममा उनीहरुले हजारौँ वर्ष पहिलेको भूकम्पबाट जमीन स्थानान्तरण भएको प्रमाण समेत फेला पारे । काठमाडौंबाट झण्डै २ सय किलोमिटर दक्षिणमा पर्ने त्रिवेणीमा उनीहरुले कम्तिमा १५ फिट ठाडो भिन्नता रहेको भिरालो किनारा पत्ता लगाए, जुन सन् १२२१ देखि १२६२ को बीचको भूकम्पीय गतिविधिका कारण जमीन सरेर भएको हो ।

त्यस्तै वागमती क्षेत्रमा उनीहरुले ३० फिट भर्टिकल सेपरेसन फेला पारे जुन सन् १०३१ र १३२१ के बीचमा निर्माण भएको हो । सेन्टर फर नियोटेक्टोनिक स्टडिजका निर्देशक तथा भौतिक विज्ञानका प्राध्यापक समेत समेत शोधकर्ता स्टेभ वेस्नस्कीले पछिल्लो २ हजार वर्षयताका भूकम्पीय अवशेषहरुको अध्ययन गर्नका लागि काठमाडौं र आसपासमा खाडल खनेर फल्ट लाइनका साथै चट्टान र माटोको अध्ययन गरिएको बताए । उनले पछिल्लो २० वर्षदेखि हिमालय फ्रन्टल फल्टको अध्ययन गरिरहेका छन् ।

शोधकर्ताहरुले भूकम्पको खतरा देखाएपनि भूकम्प कहिले, कहाँ र कति रेक्टर स्केलको जान्छ भनेर वैज्ञानिकहरुले पत्ता लगाउन नसकेको विषय हो । त्यसैले यस्ता अध्ययनहरुबाट आउने निष्कर्षबाट आत्तिने भन्दापनि सतर्क रहनुपर्ने भूकम्पविदहरु बताउँछन् ।

स्रोत–डेली मेल/अनलाइन खबर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा