३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातार बन्दले मजदुरको दैनिकी चल्न गाह्रो

२३ मंसिर २०७३, बिहीबार ०४:४२

सुवास वि.सी | मङ्सिर २३, पाल्पा | प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधन प्रस्ताव संसदमादर्ता भएपछि  प्रस्तावको विरोधमा गरिएको आन्दोलनका कारण एक नौ देखि पाल्पाको जनजिवन प्रभावित भएको छ । शैक्षिक सस्था, यातायता, उद्योग व्यापारहरु,पनि ठप्प भएका छन् । 

 जिल्लाको सदरमुकामका चोक,चोकमा भारि बोकेर आफ्नौ दैनिकी चलाउने मजदुर लगातार बन्दको कारणले गर्दा प्रत्यक्ष प्रभावित भएका छन् । दिन भर जसो भारि बोकेर दैनिकी छाक टार्र्दाै आएका भारि बोक्ने मजदुर बन्दले बढि प्रभावित भएका  हुन् । “ट्रकबाट माल झारेर घर खर्चा चलाउथे आज सात दिन भो एक पैसा कमाई भएको छैन्,दिन दिनै आउछु आन्दोलनमा आईजा भन्छन,उतै दिन बितेको छ,घरमा जादा बच्चा र श्रीमती मलाई खान खोज्छन् । ”तानसेनमा बषौँ भारि बोक्दै आएका एक मजदुरको भन्नु भो ।

नेपालमा आएको बन्दको चलनले आर्थिक रुपामा सम्पन्न शालिलाई त कुनै प्रभाव नभए पनि दिन भरि भारि बोकेर  साझा विहान चुलो बल्नेलाई धेरै असर परेको छ । हजारै रुपियाँ भाडा तिरेर व्यापार गर्नेहरु व्यापारी,गाँउ छाडेर पढ्न बसेका विद्यार्थीहरु, बन्दको कारण बढि प्रभावित हुने गर्दछन् । गुल्मी,अर्घाखाचि,स्याङजा,लगाएतका बहिरी जिल्लाबाट नियमित औषधी प्रयोग गर्ने दिर्घ विरामीहरुलाई पिन बन्दको कारण पाल्पा आएर औषधी थप गर्न र नियमित औषधी प्रयोग गर्न गह्रो भएको ट ।

लगातार पाल्पा बन्दको कारणले गर्दा विद्याथीहरु बाटोमा खेल्दै आएका छन् भने शिक्षकहरु बरु हिँउदे विदामा पढाउने तर ५ नम्बर प्रदेश टुक्राउन दिने होईन भनेर राजनितिक दलहरुसगं आन्दोलनमा हिडिरहेका  छन् । नेपाल रहे नेपाली रहिन्छ भन्दै पाल्पाका सरकारी तथा निजि विद्यालयका शिक्षकहरु आन्दोलनमा लागेका हुन् । 

यसरी लगातार बन्दको कारणले जनजिवन कष्टकर बनेको छ,नेता तथा कार्यकर्ताहरु आन्दोलनमा  लाग्ने बन्द गर्ने यहाँ गरिब मजदुर,विद्यार्थी,व्यापारी तथा टाढा टाढाका बिरामीहरुले दिनहुँ सास्ति खेप्नु परेको छ । यदि राष्ट्र र राष्ट्रियताको  लागि आन्दोलन हो भने आन्दोलनको स्वरुप फेरेर, आफ्ना माग सम्बन्धित पक्षमा राख्न पाल्पाली जनताको गुनासो रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ