२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

महिला लक्षित बजेटबारे ग्रामीण महिला बेखवर

२०७३, २३ मंसिर बिहीबार ०९:०६

मङ्सिर-२३, मलेखु (धादिङ) । सामाजिक कार्यकर्ता बन्नुभएकी नौबिसे गाविसकी रुपा भट्ट गाउँ विकास समितिको कार्यालयको नजिकै बस्नुहुन्छ तर उहाँलाई आफ्नै गाविसको बजेटमा महिलाका लागि छुट्याइएको रकमबारे कुनै जानकारी छैन । 

मैदी गाविस निवासी गौरी भट्टलाई गाविसमा महिलाका लागि बजेट छुट्याइन्छ भन्ने थाहा थियो । उहाँले त्यसलाई उपयोगमा ल्याउन अन्य महिलालाई भेला गरेर सिलाइ बुनाइसम्बन्धी कामका लागि एउटा समिति गठन गर्नुभयो । 

सो समितिले गाविसमा महिलाका नाममा आएको बजेटबाट आफूहरुलाई बजेट दिन माग गरेपछि गाविस सचिवले सर्वदलीय बैठकमा छलफल गराए । तर राजनीतिक दलले आफ्नो पार्टीका कार्यकर्ता समितिमा नपरेको भन्दै आपत्ति जनाएपछि रकम दिन मानेनन् । 

खरी गाविसकी लक्ष्मी श्रेष्ठ गाविस कार्यालयमा महिलाको बजेट के कति छ भनेर सोध्न जानुभयो । बजेटको बारेमा जानकारी पाउनुको सट्टा “घाँस काट्न नगएर किन आएको ?” भन्ने जवाफ मात्र उहाँले पाउनुभयो । 

महिला कार्यकर्ताहरुको भेलामा अधिकांश गाविसका महिलाले महिलाका नाम बजेट व्यवस्था भएकोबारे जानकारी नभएको र भएकाले पनि बजेटको सदुपयोग गर्न नपाएको गुनासो हालै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालसामु राखेका थिए । 

सहयात्री समाजले आयोजना गरेका लैङ्गिक बजेटसम्बन्धी छलफल कार्यक्रममा अधिकांश महिलाले महिला लैङ्गिक बजेटमा पुरुषको हालीमुुहाली रहेको गुनासो गरेका थिए । 

दश गाविसमा महिला लक्ष्यित बजेटबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहयात्री समाजका ज्ञानु कँडेलले सरकारले तोकेअनुसार १० प्रतिशत बजेट नछुट्याइएको, छुट्याइएको बजेट पनि फ्रिज गरिएको, महिलालाई प्रत्यक्ष फाइदा पुग्ने योजनामा खर्च नगरी अन्यत्र खर्च गरिएकोजस्ता तथ्य फेला परेको बताउनुभयो । 

गाविसको जम्मा बजेटमध्ये १० प्रतिशत छुट्याउनुपर्ने अनिवार्य प्रावधान भए पनि जम्मा रु २५ लाखमात्र छुट्याइएको पाइएको छ र यो रकम अत्यन्तै न्यून हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा