१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

महिला लक्षित बजेटबारे ग्रामीण महिला बेखवर

२३ मंसिर २०७३, बिहीबार ०९:०६

मङ्सिर-२३, मलेखु (धादिङ) । सामाजिक कार्यकर्ता बन्नुभएकी नौबिसे गाविसकी रुपा भट्ट गाउँ विकास समितिको कार्यालयको नजिकै बस्नुहुन्छ तर उहाँलाई आफ्नै गाविसको बजेटमा महिलाका लागि छुट्याइएको रकमबारे कुनै जानकारी छैन । 

मैदी गाविस निवासी गौरी भट्टलाई गाविसमा महिलाका लागि बजेट छुट्याइन्छ भन्ने थाहा थियो । उहाँले त्यसलाई उपयोगमा ल्याउन अन्य महिलालाई भेला गरेर सिलाइ बुनाइसम्बन्धी कामका लागि एउटा समिति गठन गर्नुभयो । 

सो समितिले गाविसमा महिलाका नाममा आएको बजेटबाट आफूहरुलाई बजेट दिन माग गरेपछि गाविस सचिवले सर्वदलीय बैठकमा छलफल गराए । तर राजनीतिक दलले आफ्नो पार्टीका कार्यकर्ता समितिमा नपरेको भन्दै आपत्ति जनाएपछि रकम दिन मानेनन् । 

खरी गाविसकी लक्ष्मी श्रेष्ठ गाविस कार्यालयमा महिलाको बजेट के कति छ भनेर सोध्न जानुभयो । बजेटको बारेमा जानकारी पाउनुको सट्टा “घाँस काट्न नगएर किन आएको ?” भन्ने जवाफ मात्र उहाँले पाउनुभयो । 

महिला कार्यकर्ताहरुको भेलामा अधिकांश गाविसका महिलाले महिलाका नाम बजेट व्यवस्था भएकोबारे जानकारी नभएको र भएकाले पनि बजेटको सदुपयोग गर्न नपाएको गुनासो हालै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालसामु राखेका थिए । 

सहयात्री समाजले आयोजना गरेका लैङ्गिक बजेटसम्बन्धी छलफल कार्यक्रममा अधिकांश महिलाले महिला लैङ्गिक बजेटमा पुरुषको हालीमुुहाली रहेको गुनासो गरेका थिए । 

दश गाविसमा महिला लक्ष्यित बजेटबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहयात्री समाजका ज्ञानु कँडेलले सरकारले तोकेअनुसार १० प्रतिशत बजेट नछुट्याइएको, छुट्याइएको बजेट पनि फ्रिज गरिएको, महिलालाई प्रत्यक्ष फाइदा पुग्ने योजनामा खर्च नगरी अन्यत्र खर्च गरिएकोजस्ता तथ्य फेला परेको बताउनुभयो । 

गाविसको जम्मा बजेटमध्ये १० प्रतिशत छुट्याउनुपर्ने अनिवार्य प्रावधान भए पनि जम्मा रु २५ लाखमात्र छुट्याइएको पाइएको छ र यो रकम अत्यन्तै न्यून हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु