२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२४ मंसिर २०७३, शुक्रबार ०४:१७

मंसिर २४, काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदै छ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले भने यो दिवस सन् २०११ देखि मनाउन सुरु गरेको हो । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले नेपाल सरकारले ‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यन्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९’ बनाई लागू गर्दै आइरहेको छ । नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, अपराध अनुसन्धान ब्युरो लगायत भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरु छन् । साथै भ्रष्टाचार न्यूनीकारणका लागि बिभिन्न संघसंस्थाहरुले भूमिका खेल्दै आएका छन् । 

दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् । न्यायसंगत, समावेशी र थप समृद्ध भविष्य निर्माणका लागि इमानदारिता, पारदर्शीता, जवाफदेहिता र असल शासनको संस्कृतिलाई बढावा दिनुपर्नेमा उनको जोड छ । 

दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष भविश्वर पराजुलीले सरकार तथा राजनीतिक रुपमा भ्रष्टाचार न्युनीकरणका लागि जति प्रतिबद्ध रहेको भनिएपनि नेपालमा भ्रष्टाचार बढीरहेको बताए ।  उनले नेपालमा भ्रष्टाचार अन्त्यका लागि सबैलाई एक हुन आव्हान समेत गरेका छन् । पराजुलीले भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले आज भ्रष्टाचारीलाई सार्वजनिक गरि यो दिवस मनाउने कार्यक्रम रहेको साझा सबाललाई बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल