२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ताए, एउटा अग्रज पत्रकार !

२०७३, २४ मंसिर शुक्रबार ०४:३८

मंसीर २४, बिर्तामोड । झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवार राति निधन भएको छ । 

मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । एक बर्ष अघिबाट मधुमेह र मृगौला रोगबाट पीडित बनेका ढकाललाई गत बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । २००९ साल जेठ १९ गते आइतवार अनारमनी १मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित छन् । स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालबाट पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ बर्षसम्म अध्यापन गराएका छन् । 

२०२८ सालदेखि विवेचना, अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न उनी प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक पनि हुन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् । ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता शुरु गरेका थिए । ढकालका गरिमा(काठमाडौं), बाडुली(शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक लगायत काडमौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा कथा, कविता, समीक्षा, निबन्ध व्यङ्ग्य, समसामयिक राजनीतिक तथा समाजलेख रचना प्रकाशित छन् । 

त्यस्तै उनको प्रकाशोन्मुख कृतिका रुपमा कविता संग्रह–१, कथा संग्रह– १, सिके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेको छ । नवरंग प्रतिष्ठान धरमपुर झापाबाट अभिनन्दित, देवकोटा स्मृति भवन भद्रपुरबाट अभिनन्दन शनिश्चरे माध्यमक विद्यालयबाट स्वर्ण जयन्ती र हिरक जयन्तीको अवसरमा सम्मान, मोतिराम पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ झापाबाट, खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर, श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार नेपाल, पत्रकार संघ झापा, न्यू म्यान प्राइड अफ शिलगढी भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याए वापत शिलगढी–बागडोगररा जुनियर च्याम्बर शिलगढी भारतबाट, देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, हेमसरिता पत्रकारिता पुरस्कार(अमेरिकाको टेक्ससबाट), डिकमान विरही पत्रकारिता पुरस्कार फोनिजबाट लगायत विभन्न संघ–संस्थाहरुबाट विभिन्न समयमा पुरस्कृत र अभिनन्दन तथा सम्मानित व्यक्तित्व हुन्– ढकाल । 

भारत, बंगलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया, जर्मनी र  चिनको स्वशासित क्षेत्र तिब्बत, थाइल्याण्ड, मलेशिया साहित्य, पत्रकारिता एव्म् विभिन्न सामाजिक संघ–संस्थाको माध्यमबाट भ्रमण ढकालले गरेका छन् ।

स्वर्गीय ढकालका बुबा परशुराम ढकाल, श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल, बुहारी एलिना ढकाल, छोरीज्वाई सीमा–लीलाप्रसाद घिमिरे, उमाचन्द्रप्रकाश भट्टराई, सुस्मिता–भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपाल, भाइ मोहन ढकाल, लक्ष्मण ढकाल, अरुण ढकाल, सुरेश ढकाल र बहिनी दुर्गा आचार्य रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा